गण्डकी विकास बैंकले नगद लाभांशमा दियो जोड, कति पाउने भए लगानीकर्ताले ?

मंसिर ४, काठमाडाैं । गण्डकी विकास बैंकले अाफ्रना सेयरधनीलार्इ १४.२० प्रतिशत लाभांश दिने निर्णय गरेकाे छ । बैंककाे हिजो साेमबार बसेको २१४ औं सञ्चालक समितिको बैठकले बैंकका सेयरधनीहरुलाई नगद १४.२० प्रतिशत लाभांश अर्थात् ३९ करोड ५ लाख प्रदान गर्न प्रस्ताव गर्ने निर्णय भएको बैंकले जनाएको छ । 

उक्त नगद लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको ११ औं वार्षिक साधारणसभाबाट पारित भए पश्चात् वितरण गरिने बैंकले जनाएको छ । हाल गण्डकी विकास बैंकको चुक्ता २ अर्ब ७५ करोड रुपैयाँ रहेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *