सबै स्थानीय तहमा बैंकिङ्ग सेवा पुर्याइन्छः अर्थमन्त्री

 

फागुन २९, काठमाडौँ । अर्थमन्त्री डा. युवराज खतिवडाले चालू आर्थिक वर्षभित्रै मुलुकका सबै स्थानीय तहमा बैंकिङ्ग सेवा पुर्याइने दाबी गरेका छन् । 

बुधबारको प्रतिनिधि सभाको दोस्रो बैठकमा सांसदले उठाएका प्रश्नहरुको जवाफ दिँदै अर्थमन्त्री खतिवडाले यस्तो बताएका हुन् ।  

null

सिंहदरबारमा सरकारी बैंकको शाखा विस्तार गर्ने जानकारी गराउँदै उनले भने, ‘सिंहदरबार परिसरभित्र राष्ट्रिय वाणिज्य बैँकको शाखा सञ्चालनका लागि अनुमति दिइसकिएको छ । उपयुक्त स्थानमा सञ्चालनका लागि पूर्वाधारको खोजी भइरहेको छ । अहिले सिंहदरबारमा रहेको संरचनाले नभ्याएको अवस्था हो ।’ 

बैंकमा खाता खोल्दा उपलब्ध गराएको वैयक्तिक विवरण नेपालभित्र नै सुरक्षित रहेको विश्वास दिलाउँदै डा खतिवडाले भने, ‘कुनै पनि खातावालाको विवरणबाहिर जाँदैन, अदालत र राष्ट्र बैंकले मात्र आवश्यक परेका खण्डमा हेर्न पाउँछ, मुलुकभित्र मात्र विवरण रहन्छ, गोपनीय हुन्छन् । 

अर्थमन्त्री खतिवडाले कुनै खास निकाय वा संस्थाका पदाधिकारीले आफ्नो खाता सम्बन्धित बैंकबाट सञ्चालन गर्न चाहेमा त्यहाँबाट सञ्चालन गर्न अस्पष्ट र अन्योल हुनुपर्ने अवस्था नभएको स्पष्ट पारे । 

संसदमा सांसदहरुले सिंहदरबारभित्र सरकारी बैंक शाखा स्थापना गरी तलब तथा सेवा सुविधाको रकम कारोबार व्यवस्था मिलाउन उनीहरुले माग गरेका थिए ।  

एभरेष्ट बैंक भारतको पञ्जाब नेशनल बैंकसँगको पूँजी तथा व्यवस्थापन साझेदारीमा सञ्चालन हुँदै आएको भन्दै सांसदहरूले विदेशी साझेदार तथा व्यवस्थापक रहेको बैंकमा सांसदहरुको बैंक खाता रहँदा सूचना विदेश पुग्ने खतरा हुने बताए ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *