विवादबीच प्रधानन्यायाधीशले खुवाए १७ न्यायाधीशलाई शपथ

 

चैत २७, काठमाडौं । उच्च अदातलमा सिफारिस १७ न्यायाधीशलाई आज सपथ गराइएको छ । 

उच्च अदालतमा सिफारिस न्यायाधीशहरुलाई बुधबार बिहान ११ बजे प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले सपथ खुवाएका हुन् । 

null

न्याय परिषद्‌ले गत मंगलबार (चैत १९ गते) विभिन्न उच्च अदालतका १८ जनाको नाम सिफारिस गरेको थियो । एक जनालाई भने वैशाखदेखि नियुक्त गरिने जानकारी दिइएको छ । 

सिफारिस न्यायाधीशहरु न्यायालयमा राजनीतिक भागबन्डाका आधारमा नियुक्त भएको भन्दै विवादमा समेत तानिएका थिए । 

उच्च अदालतका न्यायाधीशमा विशिष्ट श्रेणीबाट नायब महान्यायाधीवक्ता नियुक्त सत्य निरूपण तथा मेलमिलाप आयोगका सचिव रमेश ढकाल, चितवनका कुलप्रसाद शर्मा, सर्लाही जिल्ला अदालतका न्यायाधीश राजेशकुमार काफ्ले, भक्तपुरका मोहम्मद जुनेद आजाद र पर्साका नगेन्द्रलाल कर्णविरूद्ध गम्भीर उजुरी परेको भन्दै २ वर्षअघि न्यायपरिषदको छानबिन गरेको थियो। तर न्यायपरिषद्ले अनुसन्धान नै नगरी उच्च अदातलमा सिफारिस गरेको हो । 

न्याय परिषदकाे गत मंगलबारकाे बैठकले न्याय सेवाका विशिष्ट श्रेणीका अधिकृतबाट ३ जना, साविक पुनरावेदन अदालतको अतिरिक्त न्यायाधीश एक जना, जिल्ला न्यायाधीशबाट ६ जना र कानून ब्यवसायीमध्येबाट ७ जनालाई उच्च अदालतको न्यायाधीश सिफारिस गरेको थियाे । 

न्यायाधीश सिफारिस हुनेहरुमा न्याय सेवाका विशिष्ट श्रेणीका अधिकृतबाट नायव महान्यायाधिवक्ता किरण पौडेल, सर्वोच्च अदालतका रजिष्ट्रार महेन्द्रनाथ उपाध्याय, सत्य निरुपण तथा मेलमिलाप आयोगका सचिव रमेश ढकाल रहेका छन् । साविक पुनरावेदन अदालतकी पूर्वअतिरिक्त न्यायाधीश निलम पौडेल पनि उच्च अदालतको न्यायाधीश सिफारिसमा परेकी थिइन् । 

जिल्ला न्यायाधीशबाट रौतहटका लेखनाथ ढकाल, चितवनका कुलप्रसाद शर्मा, गोरखा जिल्ला अदालतका राजेशकुमार काफ्ले, भरतपुरका महम्मद जुनेद आजाद, ललितपुरका बालमुकुन्द दवाडी र पर्साका नगेन्द्र लाल कर्ण पनि उच्च अदालतको न्यायाधीशमा तानिएका छन् । 

अधिवक्ता मध्येबाट ७ जना मुख्य न्यायाधीशमा नियुक्त भएका छन् । जसमा जगतबहादुर थापा, सरलाकुमारी पाण्डे, विमल सुवेदी, रेणुका शाह, डालकुमार खड्का, उज्वल शुक्ल, नवराज थपलिया रहेका छन् । 

सर्वोच्च अदालतका लागि सिफारिस भएका पाँच न्यायाधीशको भने संसदीय सुनुवाई हुन बाँकी छ। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *