क्रोएसिया र इंग्ल्यान्डले बराबरी खेल्दै अंक बाडे

एजेन्सी । युएईएफए नेसन्स लिग फुटबलमा क्रोएसिया र इंग्ल्यान्डले बराबरी खेल्दै अंक बाडेका छन्  । शुक्रबार राति भएको खेलमा क्रोएसिया र इंग्ल्यान्डले गोलरहित बराबरी खेलेका हुन् । 

क्रोएसियाको मैदानमा भएको खेलमा पाएको मौका सदुपयोग गर्न नसक्दा दुवै टोलीले एक एक अंक पाएको हो । विश्वकप उपविजेता क्रोएसियाविरुद्ध बल पोजिसनमा इंग्ल्यान्ड अघि रहेपनि गोल गर्न सकेन । 

इंग्ल्यान्डका ह्यारी केनको प्रहार पोस्ट बारमा लागेर फर्कदा  एरिक डायरले प्रहार पोस्टमै लागेर फर्किएको थियो  । यस्तै मार्कुस राष्फोर्डले दुई पटक गोल गर्ने सुनौलो मौका गुमाएका थिए  । क्रोएसियाले पनि केहि सुन्दर गोलको अवसर खेर फालेका थिए । 

null

यो बराबरीसंगै लिग ‘ए’ अन्तर्गत समूह ४ मा रहेको इंग्ल्यान्ड २ खेलबाट १ अंक जोडेर दोस्रो स्थानमा छ । क्रोएसिया समान खेलबाट समान १ अंक जोडेर पुछारमा छ । समूहको शीर्ष स्थानमा स्पेन रहेको छ । स्पेनले दुवै खेल जितेर २ खेलबाट ६ अंक जोडेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *