आईसीसी विश्वकप क्रिकेटः विजेताले ४० लाख डलर पाउने, उपविजेतालाई कति ?

  

जेठ ३, काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटका विजेताले ४० लाख अमेरिकी डलर पुरस्कार पाउने भएका छन् । 

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले शुक्रबार एक विज्ञप्ति जारी गर्दै आईसीसी एकदिवसीय विश्वकप क्रिकेटका विजेताले ४० लाख डलर बराबरको पुरस्कार पाउने जानकारी गराएको हो । 

null

यो पुरस्कार राशि अहिलेसम्मै सर्वाधिक हो । 

यस्तै उपविजेताले २० लाख डलर पाउनेछन् भने सेमिफाइनलमा पराजित हुने दुई टोलीले ८–८ लाख डलर पाउनेछन् । हरेक समूहको लिग चरणको विजेताले ४० हजार पाउने विज्ञप्तिमा उल्लेख छ । 

इंग्ल्यान्ड र वेल्समा मे ३० देखि आयोजना हुने आईसीसी एकदिवसीय क्रिकेटमा इंग्ल्यान्ड, भारत, न्युजिल्याण्ड, दक्षिण अफ्रीका, अष्ट्रेलिया, पाकिस्तान, बंगलादेश, श्रीलंका, वेष्ट इण्डिज, अफगानिस्तान सहभागी छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *