कोरोना भाइरसको संक्रमणबाट शरीरमा कस्तो परिवर्तन आउँछ ?

माघ २१, एजेन्सी । कोरोना भाइरसको संक्रमणसँग डाक्टरको लडाईं नचिनेको दुश्मविरुद्धको लडाईं भएको छ । यसले हाम्रो शरीरमा कसरी हमला गर्छ ? संक्रमण पश्चात मानिसको शरीरमा कस्ता कस्ता खालका लक्षण देखिन्छन् ?   

किन मानिसमा यो संक्रमणपछि गम्भिर बिरामी या मृत्युको आशंका हुने गर्छ ?   

चीनको वुहान शहरको जिन्यिन्तान हस्पिटलमा कोरोना भाइरस संक्रमितको उपचारमा संलग्न डाक्टरहरुले अब भने यी सबै प्रश्नका जवाफ दिन थालेका छन् ।   

कोरााना भाइरसबाट संक्रमित पहिलो ९९ जना बिरामीको उपचारको विस्तृत जानकारी लासेट मेडिकल जर्नलमा प्रकाशित गरिएको छ ।   

फोक्सोमा आक्रमण 

वुहानको जिन्यिन्तान हस्पिटलमा लगिएका ९९ जना बिरामीमा निमोनियाको लक्षण देखिएको थियो ।   

यी बिरामीलाई फोक्सोमा समस्या थियो र फोक्सोको त्यो भाग जहाँ बाट अक्सिजन रगतमा प्रवाह हुन्छ त्यहाँ पानी भरिएको थियो ।   

दोश्रो लक्षण 

८२ जनालाई ज्वरो आएको थियो ।   

८१ जनालाई खोकी लागेको थियो ।   

३१ जनालाई सास फेर्न गाह्रो भैरहेको थियो ।   

११ जनालाई शरीरमा दुखाइ थियो ।   

९ जनालाई भ्रम भइरहेको थियो ।   

८ जनालाई टाउको दुखेको थियो ।   

मृत्युको सुरुवाती घटना   

कोरोना भाइरसबाट संक्रमित दुई बिरामीको पहिला मृत्यु भयो, उनी पहिला स्वस्थ नै देखिएका थिए । उनीमा लामो समयदेखि धुमपानको लत थियो र यस्तो पनि हुनसक्छ कि यही कारण उनको फोक्सो कमजोर भएको थियो ।   

६१ वर्षीय जुन व्यक्तिको अस्पताल लगिएको थियो, उनी गम्भिर रुपमा निमोनियाबाट ग्रसित थिए । उनलाई सास फेर्न धेरै नै समस्या भइरहेको थियो । तपाई अनुमान लगाउँन सक्नु हुनछ कि उक्त मानिसको फोक्सो शरीरलाई जिउँदो राख्न चाहिने अक्सिजनको सप्लाइ गर्न सकिरहेको थिएन ।   

भेन्टिलेटरमा राख्दा पनि उक्त व्यक्तिको फोक्सोले काम गर्न सकेन र उसको मुटुले काम गर्न सकेन ।   

त्यस्तै दोश्रो बिरामी ६९ वर्षका थिए र उनलाई पनि सास फेर्न गाह्रो भइरहेको थियो । उनलाई क्रितिम तरिकाबाट अक्सिजन दिने कोशिश गरिएको थियो तर त्यो सफल हुन सकेन । उनको निमोनिका कारण ज्यान गयो ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *