नगर परिषदको तयारीमा खैरहनी नगरपालिका
जेठ ११, चितवन । चितवनको खैरहनी नगरपालिकाले आसन्न पाँचौ नगर परिषदको तयारी थालेको छ । नगरपालिकाले वडागत रुपमा सिलिङ तोकेर पठाई सकेको छ । सो सिलिङ अनुसार वडागतले टोल विकास संस्था सम्म पुगेर योजना छनौट गर्नुपर्नेछ ।
नगर परिषदका लागि राजस्व परामर्श समितिको वैठक २ पटक र श्रोत अनुदान समितिको वैठक एक पटक वसिसकेको छ । खैरहनीले ७ करोड १४ लाख रुपैया १३ वटा वडालाई बराबर भाग लगाएर भुगोल, जनसंख्या, पिछडिएको क्षेत्र र राजस्व संकलनका आधारमा थप रकम विनियोजन गरेको नगरपालिकाका मेयर लालमणी चौधरीले जानकारी दिए ।
null
७ करोड १४ लाखलाई बराबर भाग लगाउँदा प्रत्येक वडाले ५४ लाख ६१ हजार ५ सय रुपैया पाएका छन् भने वाँकी जनसंख्या, भुगोल, पिछडिएको क्षेत्र र राजस्व संकलनका आधारमा थप गरिएको हो । यि क्षेत्रलाई आधार मानेर वजेट विनियोजन गर्दा सवैभन्दा वढि खैरहनी वडा नम्वर १९ ले १ करोड ३९ लाखको सिलिङ पाएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोतम शर्माले जानकारी दिए । वडागत रुपमा सवैभन्दा कम ९३ लाखको वजेट रहेको छ ।
सवै वडालाई कुल १४ करोड २७ लाख रुपैया वजेट सिलिङ तोकिएको प्रमुख प्रशासकीय अधिकृत शर्माले बताए । वडागत सिलिङलाई पछिल्लो कार्यपालिका वैठकले पारित समेत गरिसकेको छ । आगामी आर्थिक वर्षमा आन्तरीक श्रोतबाट ९ करोड २५ लाख रुपैया राजस्व संकलन गर्ने अनुमान गरिएको छ । चालु आर्थिक वर्षमा ७ करोड १९ लाख संकलन गर्ने लक्ष्य छ ।
आगामी आर्थिक वर्ष २)६७÷७६ मा ८३ करोड ४० लाख रुपैया वरावरको वजेट ल्याउने तयारी रहेको खैरहनीका मेयर लालमणी चौधरीले बताए । खैरहनी नगरपालिकाले आगामी असार १० गते पाँचौ नगरपरिषद गर्ने तयारी गरेको छ ।