प्रकाशनका दुई वर्षः अवसर र चुनौतिका वर्ष

 

जेठ १६, काठमाडौं । जेठ १६ गते अर्थात् मकालु खबरको जन्मदिन । २०७४ जेठ १६ गतेबाट अनलाईन प्रशारणबाट सुरु भएको मकालु खबर, आजबाट दोस्रो वर्ष पुरा गरी तेस्रो वर्षमा प्रवेश गरेको छ । यस अवसरमा सम्पूर्ण विज्ञापनदाता, पाठकवर्ग तथा शुभ–चिन्तकहरुमा हार्दिक कृतज्ञता प्रकट गर्दछौँ । 

अनलाईन सञ्चार क्षेत्रमा मकालु खबरको जन्म हुँंदाको मुुलुकको आर्थिक, सामाजिक, राजनीतिक अवस्थालाई हामीले चित्रण गर्नै पर्दछ । 

null

०७२ सालको विनाशकारी भूकम्प, त्यसपछि अघोषित भारतीय नाकाबन्दीले थिलोथिलो भएको अर्थतन्त्रमा सञ्चार जगत पनि त्यसबाट प्रताडित नहुने अवस्था नै थिएन । त्यसमाथि राजनीतिक अस्थिरता, नयाँ संविधान कार्यान्वयनको चुनौतिले सबै क्षेत्र अन्यौलतामा गुज्रिएको थियो । राजनीतिक मतभिन्नताका कारण दलहरु संविधान कार्यान्वयनमा विभाजित थिए । महंगी, भ्रष्टाचारले जनताको ढाड सेकेको थियो । सोही वर्ष तराईमा आएको बाढी पहिरोले अझ समस्या थपिदिएको थियो । यस्तो परिस्थितिमा सुरु गरेको मकालु खबरले आज दुई वर्ष पार गर्न सफल हुँदा हामीलाई अत्यन्त सुखानुभूति भएको छ । मकालु खबरको हालसम्मको यात्रा अत्यन्त सफल रह्यो । पत्रकारिता व्यावसायिक हुन भर्खर बामे सर्दै गरेको अवस्थामा हामी (मकालु खबर) ले स्वतन्त्र पत्रकारिता गर्ने पार्टीकारिता नगर्ने नीती लिएका थियौं । सोही अनुरुप हामीले कुनैपनि सिद्धान्त, धर्म र आस्थाप्रति झुकेर पत्रकारिता गरेनौं । स्वतन्त्र र निष्पक्ष पत्रकारिता गर्दा केहि जटिलता र चुनौति आएपनि त्यो चुनौति र जटिलतामा हामी खरो उत्रियौँ । 

मकालु खबरले स्थापना कालदेखि नै केहि महत्वपूर्ण विषय वस्तुहरु उठाउँदै आयो । खासगरी भ्रष्टाचार, अनियमितता र राजनीतिक नियक्तिमा हुने चलखेलविरुद्ध मकालु खबरले निरन्तर निर्भिक रुपमा आफ्नो कलम चलाउँदै आएको छ । ती विषयवस्तुहरु राष्ट्रिय बहसको विषय बन्न सफल भए । फलतः मकालु खबरले रखबारी गरेपछि कतिपय भ्रष्टाचार, अनियमितता विषयका दोषीहरु कानुनी दायरामा आएका छन् । 

मकालु खबरको अहिलेसम्मको प्रयास नै पर्याप्त छ, भन्ने हाम्रो दाबी छैन । हामी (मकालु खबर) पत्रकारिताले सिकाएका आधारभूत प्रश्नहरूको दियोमा तेल कहिल्यै नसिद्धियोस् भन्ने अपेक्षा गछौं र सोही अनुसार अघि बढिरहनेछौँ । 

नेपाली पत्रकारिता क्षेत्रमा व्यावसायिक दक्षताको कमी, स्रोत साधनको अभाव लगायतका समस्या नयाँ होइनन् । त्यसमाथि पनि सीमित बजार र धेरै अनलाईन न्यूज पोर्टलहरुको भिडमा हामीले बनाएको छवी भने गर्व गर्न लायक सम्झेका छौँ । सञ्चार माध्यम भनेको सूचना र विचारहरूको साझा मञ्च हो । यो दायित्व निर्भीकतापूर्वक पूरा गरेका छौँ र गर्दै जानेछौँ भन्ने विश्वास लिएका छौं । 

तपाईंको सूचनाको तिर्खा मेट्न मकालु खबर डट् कम अहोरात्र जागा हुनेछ । हामी (मकालु खबर) ले आम नागरिकलाई शुसुचित गर्न ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछौँ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैनौँ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *