राष्ट्रपति सीलाई विमानस्थलमै गार्ड अफ अनर, उपत्यकामा उच्च सुरक्षा

असोज २५, काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिन पिङलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमै गार्ड अफ अनर दिइएको छ । नेपाली सेनाको टुकडीले सीलाई २१ तोपको सलामी समेत दिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सीलाई स्वागत गरेकी छिन् । 

सीलाई स्वागत गर्न उपराष्ट्रपति, प्रधानमन्त्री, उपप्रधानमन्त्री, राष्ट्रिय सभाका सदस्यहरु, मन्त्रीमण्डलका सदस्यहरुले स्वागत सम्मान गरेका छन् । सी जिन पिङ चाइना एयरको विशेष विमानमा आएका हुन् । 

छिमेकी मुलुक चीनका राष्ट्रपति २३ वर्षपछि नेपाल भ्रमणमा आएका हुन् । गत अप्रिलमा नेपालका राष्ट्रपति विद्यादेवी भण्डारी चीनको राजकीय भ्रमणमा जाँदा चिनियाँ राष्ट्रपति सी जिन पिङलाई भ्रमणको निम्तो दिएकी थिइन् ।  यो भ्रमणमा दुई देशविच केहि महत्वपूर्ण सम्झौता समेत हुँदैछन् ।   

null

राष्ट्रपति सीको सुरक्षाको लागि नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुुसन्धान विभागका कर्मचारी तैनाथ छन् ।  सुरक्षा योजना अनुसार भीभीआईपी सुरक्षाको पहिलो घेरामा नेपाली सेना छ । दोस्रो घेरामा प्रहरी र तेस्रो घेरामा सशस्त्र प्रहरीको सुरक्षा छ ।   

आवश्यकता अनुसार पर्याप्त सैनिक परिचालन गर्ने गरी सुरक्षा योजना बनेको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागसँगको समन्वयमा सुरक्षा योजना निर्माण भएको छ । 

भ्रमण अवधिभर भीभीआईपीको मुभमेन्ट हुने स्थानहरुमा १६ हजार प्रहरी परिचालित हुनेछन् । राष्ट्रपति सीको सुरक्षाको लागि करिब दुई दिन गरेर ७ हजार भन्दा बढी सशस्त्र प्रहरी बलका सुरक्षा अधिकारीहरु परिचालित छन् ।   

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *