एउटै विद्यालयका २३ जनाको मृत्युले दाङ शोकमा, घोराही र तुलसीपुर क्षेत्रका सम्पूर्ण विद्यालय बन्द

एउटै विद्यालयका २३ जनाको मृत्युले दाङ शोकमा डुबेको छ । शोकका कारण शनिबार जिल्लाका प्रायः सबै बजार बन्द भए । घटनाको शोकमा आइतबार जिल्लाका घोराही र तुलसीपुर क्षेत्रका सम्पूर्ण सामुदायिक र संस्थागत विद्यालय बन्द हुने भएका छन् ।  

दुवै उपमहानगरपालिकाले शोकमा विद्यालय बन्द गर्ने निर्णय गरेका हुन् । दाङबाट निर्वाचित सांसदहरूले विज्ञप्ति जारी गरी दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् । सभामुख कृष्णबहादुर महरा, प्रदेश मुख्यमन्त्री शंकर पोखरेललगायतले विज्ञप्ति जारी गरी दुःख व्यक्त गरेका हुन् । 

दुर्घटनामा परेका विद्यार्थीले अध्ययन गर्ने घोराही १७ स्थित सहिद कृष्णसेन इच्छुक स्मृति बहुप्राविधिक शिक्षालय सुनसान भएको छ । जिल्लामै पहिलोपटक वनविज्ञान अध्यापनका लागि शिक्षालयले अनुमति पाएको थियो । करिब एक महिनाअघिबाट मात्र शिक्षालयमा पढाइ सुरु भएको थियो । नयाँ पत्रिकामा खबर छ ।  

null

४० जना विद्यार्थी अध्ययनरत शिक्षालयबाट शुक्रबार ‘बोटनी’ र ‘जुलोजी’तर्फका ३२ जना विद्यार्थी र दुईजना शिक्षक अध्ययन भ्रमणका लागि सल्यानको कपुरकोट पुगेका थिए । शिक्षालयका १९ जना विद्यार्थी र दुईजना शिक्षकको दुर्घटनामा मृत्यु भएको शिक्षालयका प्रिन्सिपल यादव सुवेदीले बताए ।  

लसीपुर–३ मा शुक्रबार साँझ भएको बस दुर्घटनामा ज्यान गुमाउने २३ जनाकै सनाखत भएको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार दाङका ६ जना, जुम्लाका ११ जना, जाजरकोट, बाजुरा, बझाङ, कञ्चनपुर, डोल्पा र रुकुमपूर्वका एक÷एकजनाले दुर्घटनामा ज्यान गुमाएका छन् ।  

घोराही उपमहानगरपालिका–७ स्थित कृष्णसेन इच्छुक स्मृति बहुप्राविधिक शिक्षालयको बा ४ ख ९७६६ नम्बरको बस दुर्घटनामा परेको हो । शिक्षालयका शिक्षक र विद्यार्थी सल्यानको कपुरकोटस्थित वनस्पति उद्यान केन्द्रको अवलोकन गरेर फर्किने क्रममा बस दुर्घटना भएको थियो । 

दुर्घटनामा बसचालक घोराही उपमहानगरपालिका–३ का २६ वर्षीय मदन खत्री, शिक्षालयका शिक्षकहरू घोराही–१७ का २८ वर्षीय प्रदीप घिमिरे, सहचालक तुलसीपुर–१८ का २२ वर्षीय गणेश विक, विद्यार्थीहरू घोराही–१४ का १९ वर्षीय विजय घर्ती, बबई गाउँपालिका–५ का २१ वर्षीया कविता खत्री, दंगीशरण गाउँपालिका–१ का २० वर्षीय सञ्जीत रत्गैयाको मृत्यु भएको छ ।  

त्यस्तै, जुम्लाको चन्दननाथ नगरपालिका–३ का १७ वर्षीय हिम्मत बोहरा र १८ वर्षीय अर्जुन शाही, चन्दननाथ–५ का देवीप्रसाद उपाध्याय, चन्दननाथ–६ की १६ वर्षीया कुसुम रावल, चन्दनथान–१० का १८ वर्षीय रूपेश शाही र विपना खत्री, चन्दननाथ–१४ का १७ वर्षीय रितेन्द्र शाही, सुन्दरी गाउँपालिका–५ का २० वर्षीय वीरेन्द्र कडारा, हिमा गाउँपालिका–५ की १७ वर्षीया शैलजा शाही, तिला गाउँपालिका–१ का जंगबहादुर विक, तिला गाउँपालिका–३ का रमेश उपाध्यायको पनि दुर्घटनामा मृत्यु भएको छ ।  

रुकुमको भूमे गाउँपालिका–६ का शिक्षक २८ वर्षीय नरेश वली, डोल्पा जग्दुला–७ का १६ वर्षीय गजेन्द्र ऐरी, जाजरकोटको भेरीगंगा नगरपालिका–४ का १७ वर्षीय आतिस नेपाली, कञ्चनपुरको कृष्णपुर नगरपालिका–५ का १७ वर्षीय खेमराज भट्ट, बझाङको जयपृथ्वी नगरपालिकाका १७ वर्षीय महेश जोशी र बाजुरा बुढीगंगा १० का लोकेन्द्र रावलको पनि दुर्घटनामा मृत्यु भएको प्रहरीले जनाएको छ ।  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *