इन्द्रजात्रामा राष्ट्रपति बसन्तपुरमा

भाद्र २७, काठमाडौँ । इन्द्रजात्रा अवलोकन गर्न राष्ट्रपति विद्यादेवी भण्डारी शुक्रबार दिउँसो  ४ बजे काठमाडौँको बसन्तपुरमा पुगेकी छिन् ।   

उनको विरोधको आशंकामा सुरक्षा कडा बनाइनुको साथै बाक्लो संख्यामा सुरक्षाकर्मीले घेरा हालेर बाटो खाली गर्दे उनलाई बसन्तपुर पुर्याएको हो । 

बसन्तपुर क्षेत्रबाट २ सय ५० थानभन्दा बढी टीसर्टसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ भने राष्ट्रपतिविरुद्ध नाराबाजी , कालो झन्डा देखाउन सुनियोजित कार्यक्रम भएको भन्दै प्रहरीले पूर्व डीआईजी र पूर्व कर्नेलसहित ५० भन्दा बढीलाई पक्राउ गरिससकेको छ ।   

इन्द्रजात्रामा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य लगायतले राष्ट्रपती भण्डारीलाई बसन्तपुरमा स्वागत गरेका थिए ।   

नेवार समुदायको विशेष चार्ड इन्द्रजात्रको आज मुख्य दिनमा  राष्ट्रपतिबाट हनुमानढोकास्थित गद्दी बैठकमा जीवित देवीका रूपमा रहेका श्री कुमारी, श्री गणेश र श्री भैरवको रथयात्रा नजर गर्ने परम्परा रहेको छ । 

इन्द्रजात्राको पहिलो दिन इन्द्रध्वजाको लिङ्गो ठड्याएर शुभारम्भ गरिन्छ भने लिङ्गो ठड्याएको आठौँ मा  ‘इन्द्रध्वज पातन’ गर्ने अर्थात् ठड्याएको लिङ्गोलाई ढालेर समाप्त गर्ने चलन रहेको छ ।   

  

  

  

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *