अन्तर प्रदेश समस्या समाधानका लागि गृहमन्त्रीको संयोजकत्वमा कार्यदल गठन

 

मंसिर २४, काठमाडौँ । सङ्घ र प्रदेशबीच तथा प्रदेश–प्रदेशबीचको राजनीतिक, कानूनी र आर्थिकलगायत विषयका विवाद समाधान गर्न गृहमन्त्री रामबहादुर थापा बादलको संयोजकत्वमा छ सदस्यीय उच्चस्तरीय कार्यदल गठन गरिएको छ । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज सम्पन्न अन्तर प्रदेश परिषद्को पहिलो बैठकले सो कार्यदल गठन गरेको र कार्यदलले आउँदो पुस ३ गते प्रतिवेदन बुझाउने सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिए । 

null

कार्यदलमा अर्थमन्त्री डा युवराज खतिवडा, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित, प्रदेश नं २ का मुख्यमन्त्री लाबाबु राउत र प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेल रहेका छन् । कार्यदलको सदस्य सचिवमा मुख्यसचिव लोकदर्शन रेग्मी छन् । 

संविधान, कानून, बजेट र नीति कार्यक्रम कार्यान्वयन तथा अधिकारको व्यावहारिक बाँडफाँटका सम्बन्धमा देखिएका विवाद समाधान गर्ने निकाय मानिएको परिषद्को बैठक आइतबारदेखि शुरु भएकोे थियो । नेपालको संविधानको धारा २३४ मा । प्रधानमन्त्रीको अध्यक्षतामा अन्तर प्रदेश परिषद्को व्यवस्था छ । रासस 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *