प्रचण्डको मागमा नेकपा सचिवालयकाे आकस्मिक बैठक

फाइल तस्विर 

वैशाख ८, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले सचिवालयको आकस्मिक बैठक डाकेको छ ।  

प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार साढे पाँच बजेका लागि प्रधानमन्त्री निवास बालुवाटारमा सचिवालय बैठक बोलाएका हुन् । बैठक साढे ५ बजेदेखि सुरु भएको छ ।  

प्रधानमन्त्री ओलीको अध्यादेश प्रस्तावपछि त्यसबारे समिक्षा गर्न नेकपा अध्यक्ष पुष्पकमल दाहालको मागमा ओलीले बैठक बोलाएको बताइएको छ । बैठकमा दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने निर्णयपछि उत्पन्न परिस्थितिबारे छलफल हुने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *