सार्वजनिक यातायातको भाडा बढ्यो !
जेठ ३०, काठमाडौं । सरकारले सार्वजनिक यातायातको भाडा वृद्धि गरेको छ ।
सरकारले असार १ गतेदेखि लागु हुनेगरी सार्वजनिक यातायातको भाडा १२ प्रतिशतले वृद्धि गरेको यातायात व्यवस्था विभागका महानिर्देशक कुमारप्रसाद दाहालले जानकारी दिए ।
null
उनका अनुसार अब सार्वजनिक सवारी साधन चढ्ने यात्रुले ४ किलोमिटर सम्मको १६ रुपैयाँ भाडा तिर्नुपर्ने भएको छ । यसअघि १४ रुपैयाँ थियो । तर चालकले यात्रुसँग १५ रुपैयाँ लिने गरेका थिए ।
भाडादर समायोजन गर्ने विषयमा विभागले बुधबार महानगरपालिकासँग छलफल गरेको थियो।
बिहिबार यायायात व्यवसायी, उपभोक्ता कर्मी र सुरक्षा निकायका प्रमुखलगायतसँग छलफल गरी भाडादर समायोजन गरिएको हो ।
यायायात व्यवसायीले मेकानिकल पार्टस्, सवारी साधनको मूल्य, श्रमको दर, इन्धनमा भएको मूल्य वृद्धि लगायतका कारण देखाउँदै भाडादर समायोजन गर्नुपर्ने माग राख्दै आएका थिए ।