प्रदेश २ को सुझाव आयोगले बुझायो प्रतिवेदन, अब टुंगिएला नाम र राजधानी ?
मकालु खबर
२०७६ वैशाख २० गते
बैशाख १९, काठमाडौं । प्रदेश २ को नाम र स्थायी राजधानीबारे सुझाव दिन गठित आयोगले प्रतिवेदन बुझाएको छ ।
मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयमा पत्रकार सम्मेलन गर्दै आयोगले मुख्यमन्त्री लालबाबु राउतलाई बिहीबार प्रतिवेदन बुझाएको हो । आयोगका अध्यक्ष हरिवंश झाले मुख्यमन्त्री राउतलाई प्रतिवेदन हस्तान्तरण गरेका हुन् ।
null
अध्यक्ष झाले बुझाएको प्रतिवेदन मन्त्रीपरिषद्मा छलफल गरी प्रदेश सभामा लगिने जानकारी दिइएको छ ।
प्रतिवेदन हस्तान्तरणपछि डा हरिवंश झाले प्रदेशको नाम र राजधानीबारे जनप्रतिनिधि, नागरिक समाज, पेशागत संघरसंगठन र सर्वसाधारण समेतको राय संकलन गरी प्रतिवेदन तयार पारिएको बताए ।
आयोगले ६ महिना लगाएर प्रतिवेदन तयार पारेको हो। प्रतिवेदनमा ६२ पृष्ठ छन्। तर, प्रतिवेदनमा उल्लेखित बुँदाहरु खुलाइएको छैन।
मकालु खबर
२०७६ वैशाख २० गते
प्रतिक्रिया
सम्बन्धित