विधान टुंगो लगाउन महासमिति बैठक दुई घण्टा स्थगित

 

पुस २, काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसको महासमिति बैठकको बन्द शत्र दुई घण्टा स्थगित भएको छ । 

नेपाली काङ्ग्रेसले पार्टीको विधान मस्यौदालाई पारित गर्न बोलाएको केन्द्रीय कार्यसमितिको बैठक बस्ने भएपछि आज बिहान शुरु भएको कांग्रेस महासमिति बैठक दुई घण्टाका लागि  स्थगन गरिएको हो । 

null

कांग्रेसले सङ्घीयताअनुसार पार्टीको विधानलाई परिमार्जन गर्न तयार गरेको विधान मस्यौदा प्रतिवेदनमा शीर्ष नेताबीच सहमतिको प्रयास जारी रहेको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । 

सिंहदरबारमा जारी केन्द्रीय कार्यसमिति बैठकमा विधान मस्यौदालाई अन्तिम रुप दिने तयारी छ। केन्द्रीय समितिले विधान मस्यौदा पारित गरेपछि महासमिति बैठकको बन्द शत्रमा प्रस्तुत गरिनेछ। 

विधान मस्यौदासहित बन्द शत्रमा राजनीतिक प्रतिवेदन, आर्थिक नीतिसम्बन्धी प्रतिवेदन, संगठन सम्बन्धी प्रतिवेदन र आयव्यय सम्बन्धी प्रतिवेदन प्रस्तुत हुनेछन् । महासमिति बैठक मंगलबारसम्म जारी रहनेछ। 

विधान मस्यौदामा पदाधिकारी सङ्ख्या र पदाधिकारीको चयन प्रक्रियाबारे काङ्ग्रेसमा बहस जारी छ । संस्थापन पक्ष पदाधिकारी सङ्ख्या बढाउन नहुने र बढाए पनि सभापति, एक महामन्त्री र एक कोषाध्यक्षबाहेक अन्य पदाधिकारी सभापतिबाट मनोनयन हुनुपर्ने पक्षमा छ । 

संस्थापनइतर पक्ष भने केन्द्रीय कार्यसमितिको सङ्ख्या बढाएसँगै पदाधिकारी सङ्ख्या पनि बढाउनुपर्ने र सबै निर्वाचित हुनुपर्ने अडानमा छ । विधान मस्यौदामा १४१ सदस्यीय केन्द्रीय समिति बनाउने लगभग सहमति भइसकेको छ । 

महासमिति बैठकमा अन्य विभिन्न चार विषयका प्रस्तावमाथि महासमिति सदस्यले आ–आफ्ना धारणा राख्नेक्रम जारी छ । शुक्रबारदेखि यहाँ शुरु भएको महासमिति बैठकको बन्दसत्रमा राजनीतिक, साङ्गठनिक, समग्र आर्थिक नीति र पार्टीको आन्तरिक आर्थिक प्रस्तावमाथि छलफल जारी छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *