धरानका बिभिन्न वडामै कर भूक्तानी सुविधा

 

जेठ १०, धरान ।  सुनसरीको सुन्दर नगरपालिकाको रुपमा परिचित धरान उपमहानगरपालिकाका सेवाग्राहीहरुले अब उपमहानगरपालिका लाई भूक्तानी गर्नुपर्ने सबै किसिमका स्थानिय कर, सेवा शुल्कहरु वडा स्थित वडा कार्यालयबाटै भूक्तानी गर्न सकिने सुविधा उपलव्ध गराएकोे छ । 

यो सुविधा धरान वडा १५ स्थित वडा कार्यालयबाट शुरु भएको हो । यसअघि धरान वडा १० वडा कार्यालयमा कर, शुल्क भूक्तानी सेवा शुरु भएको थियो । 

null

वडा १५ कार्यालयमा आयोजित एक कार्यक्रम विच कार्यवाहक नगर प्रमुख मञ्जु भण्डारीले कम्प्युटराइज्ड बिलिङ प्रणालीबाट कर संकलन कार्य उद्घाटन गरेका थिए । 

उनले कर बुझाउँन वडा कार्यालय पुगेकी पहिलो सेवाग्राही वडा १ का अन्जना लिम्बुको सम्पत्ति करको पहिलो बिल काटेर कर भुक्तानीको शुरुआत गर्दै उद्घाटन गरेकी  थिइन् । 

अब यसै वडाबाट सम्पत्ति कर, व्यावसाय कर सहित सबै करहरु संकलन हुने कुरा वडा अध्यक्ष नरेश इवारमले जानकारी दिए । यस अघि सबै करहरुको भूक्तानी गर्न उपमहानगरपालिका कार्यालय पुग्नुपर्ने बाध्यता थियो । 

त्यस्तो बाध्यता नयाँ प्रविधिले हटाएको उनले बताए । सामान्य निवेदन दस्तुरहरु वडाबाट रसिद काटेर भुक्तानी गरिदैं आएको थियो । वडा सचिव हिरा खत्रीका अनुसार चालू आर्थिक वर्षमा धरान उपमहानगर भित्र छ वटा वडाहरुमा कम्प्युटर बिलिङ सहितको कर संकलन गर्ने योजना सञ्चालन हुनेछ । 

वडामै उपमहानगरपालिकाको कर भूक्तानी गर्न सकिने प्रविधि वडा ४, १०, १४, १५, १७ र २० वडा कार्यालयमा संचालन गरिने भएको छ । 

पहिलो पटक वडा १० यो प्रविधि सञ्चालनमा आइसकेको छ । वडा १५ मा दोस्रो पटक संचालनमा आएको हो । हाल १५ वडामा ४ हजार नौ सय घरघुरी स्थानिय करदाता रहेको सचिव खत्रीले जानकारी दिएका छन् । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *