लाखौं रुपैंया डुबेपछि अनसन बसे दाहाल

बैशाख १९, झापा । आफ्नो डुबेको रकम उठाउन तपाई के गर्नुहुन्छ ? पटक पटक ताकेदा गर्नुहुन्छ, समाजका अगुवासँग सहयोग माग्नुहुन्छ । 

 

तर केहि पार नलागेपछि झापाका यामनाथ दहालले आफ्नो डुबेको पैँसा फिर्ता गराउन आमरन अनसन नै बसेको छन् । झापा गौरादह—१ का दाहालले लाखौं रकम डुब्दा पनि कहिँ कतैबाट न्याय नपाएको भन्दै आजबाट आमरन अनसन सुरु गरेका हन् । 

null

स्थानीय सृजना घिमिरेले लेनदेनको क्रममा सापट लगेको आफ्नो ३६ लाख रुपैया बर्षौ बित्दा पनि फिर्ता नदिएपछि अनसन बसेको दाहाल बताउछन् । गौरादह बजारमा उनी यतिवेला प्रचण्ड गर्मीमा अनसन बसिरहेका छन् । 

‘गौरादहमा सबैसँग हार गुहार गरे, जनप्रतिनिधिसँग पनि सहयोग मागे, पैसा लगेको बकैदा कागज छ, तर न्याय पाईन्, अनसनरत दाहालले भने । 

दाहालले बरु ज्यान जाला आफ्नो पैंसा फिर्ता नभइन्जेल अनसन बस्ने बताए । आफ्नो ज्यान गए श्रीमती पनि अनसन बस्ने उनको भनाई छ । करोडौंको कारोबार गर्ने आफु घिमिरेबाट आफ्नो बिल्लीबाठ भएपछि हाल सफारी चालक भएकाे दाहाल बताउछन् । त्यो सफारी नि सहकारीबाट लोनमा निकालेको उनी बताउछन् । 

गाउँ-समाजमा पटक पटक छलफल भएपनि आफुले न्याय पाउन नसकेको दाहाल दुखेसो पोख्छन् । दाहाल भन्छन्, सम्पतीमा हाई हाई विपत्तिमा कोही छैन दाजु भाई भन्थे ठ्याक्कै म मा यस्तै आईलाग्यो ।’ 

नगरपालिकाको न्यायिक समितिले छलफल गरेको तर प्रतिवेदन गुपचुप पारेको दाहालको आरोप छ । न्याय दिनुपर्ने न्यायीक समिती पनि पीडकसँग मिलेको उनको आरोप छ । 

घिमिरेले २०७३ साल चैत्र १७ देखी पटक पटक आफुसँग पैसा लगेको र छिमेकको नातामा विश्वासले ऋण पनि तिरि दिएको दाहाल बताउछन् । तर घिमिरेलाई आफुले सहयोग गर्दा आफै डुबेको र पैसा माग्दा तर्काउने र धम्कि दिने गरेको बताउछन् । 

दाहालले सृजनालाई कारोबार गर्ने शिलशिलामा २६ लाख दिएका थिए । हाल त्यसको ब्याज सहित जोड्ने हो भने ३६ लाख पुग्ने दाहालको दावी छ । घिमिरेसँग यस विषयमा बुझ्न खोज्दा टेलिफोन सम्पर्क हुन सकेन् । 

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *