प्रतिनिधि सभाको बैठकमा रोष्टम घेराउ गरी नाराबाजी

भाद्र ३०, काठमाडौँ । प्रतिनिधी सभाको सोमबारको बैठकमा  सांसदहरुले रोष्टम घेराउ गरेर नाराबाजी गरेका छन् ।   

आज दिउँसोको उक्त बैठकमा बाँकैको सीतापुर घटनालाई लिएर नेपाली कांग्रेसका सांसदहरुले रोष्टम घेराउ गरेर नाराबाजी गरेका हुन् ।   

आजको बैठकमा सत्तापक्षका सांसद नन्दलाल रोका क्षेत्रीले बाँकेको सितापुर घटनामा वडा अध्यक्षको संलग्‍नता नरहेको बताएका थिए ।  सांसद नन्दलाल त्यसो भनेर प्रतिपक्षी सांसद भुसालको कुरालाई अस्विकार गरेपछी कांग्रेस सांसदहरुले आपत्ति जनाउँदै रोष्टम घेराउ गरेकाे हाे ।   

संसदमा बोल्दै कांग्रेस सचेतक पुष्पा भुसालले बाँके घटनामाको बारेमा दोषीमाथि किटानी जाहेरी दर्ता गराए पनि राज्‍य, प्रशासन र सरकारले स्वीकार  नगरेको बताएकी थिईन् ।   

उक्त बैठकमा कांग्रेसले आन्दोलन गरे आफूहरु पनि आन्दोलनमा उत्रिने चेतावनी  नेकपाका सांसद रोका क्षेत्रीले  दिएका छन् । उनले डेढसय जनातको हलमा तीनचार जना केटाहरुले आएर कसरी हातपात गर्न सक्छ भन्‍दै प्रतिप्रश्‍न गरेका थिए । 

कांग्रेसका सांसदहरुले सांसद रोका क्षेत्रीको भनाइको प्रतिवादमा  बोल्न समय माग्दा सभामुखले नदिएपछि कांग्रेसका सांसदहले रोष्टम घेराउ गरी  नाराजाजी गरेका हुन्। 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *