ओमप्रकाशले सञ्चालनमा ल्याए ओसिएन म्युजिक

कार्तिक २, काठमाडौँ । पूर्वेली सङ्गीतकार ओमप्रकाश राईले रेकर्डिङ स्टुडियो सञ्चालनमा ल्याएका छन् । शुक्रवार नयाँबानेश्वर बुद्धनगर स्थित ओसिएन म्युजिक प्रा.लि.को विधिवत शुभारम्भ गरियो ।

दुई दशक देखि नेपाली सङ्गीत क्षेत्रमा समर्पित गायक तथा सङ्गीतकार राईले आफ्नै स्टुडियो संञ्चालनका ल्याएका हुन् ।
ओसिएन म्युजिक प्रा.लि.मा उच्चस्तरीय क्वालिटीको ५.५ सराउण्डिङ साउण्ड सिस्टम रहेको सङ्गीतकार राईले जानकारी दिए ।

करिब २० लाख रुपैंयामा निर्माण गरिएको सो स्टुडियोमा चलचित्रका डविङ, मिक्सिङ, एडिटिङका कामहरू समेत हुने बताइएको छ ।
उनले आगामी दिनमा गीत सङ्गीतका सम्पूर्ण विधाहरु सञ्चालन गरिने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *