राष्ट्र बैंकले दुई अर्ब १० करोडको ट्रेजरी बिल बिक्री गर्दै
मकालु खबर
२०७६ कार्तिक २३ गते
कात्तिक २३, काठमाडौँ । नेपाल राष्ट्र बैंकले रु दुई अर्ब १० करोड बराबरको टे«जरी बिल बिक्री गर्ने भएको छ । केन्द्रीय बैंकले आज एक सूचना जारी गरेर यही कात्तिक २५ गते सोमबार बोलकबोल प्रक्रियाबाट उक्त परिमाणको ट्रेजरी बिल बिक्री गर्ने जानकारी दिएको हो ।
बैंकका अनुसार कूल ९१ दिने अवधिको १० करोड र १८२ दिने अवधिको दुई अर्ब बराबरको टे«जरी बिल बिक्री गर्न लागिएको हो । कूल ९१ दिने अवधिको टे«जरी बिल आगामी माघ २८ गते परिपक्व हुनेछ भने १८२ दिने अवधिको बिल आगामी वैशाख ३० गते परिपक्व हुनेछ ।
बैंकले यसअघि यही कात्तिक १८ गते एक अर्ब ६६ करोड बराबरको ट्रेजरी बिल बिक्री गरेको थियो ।
null
मकालु खबर
२०७६ कार्तिक २३ गते
प्रतिक्रिया
सम्बन्धित