आईतबार सुनको भाउ बढ्यो, चाँदीको स्थिर

माघ ५, काठमाडौँ । साताको पहिलो दिन आज आईतबार नेपाली बजारमा सुनको भाउमा तोलामा २ सय रुपैयाँ बृद्धी भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।   

साताको अन्तिम दिन शुक्रबार प्रतितोला   ७४ हजार ८ सय रुपैयाँले कारोबार भएको छापावाल सुन आज प्रतितोला ७५ हजारले कारोबार भईरहेको महासंघले जनाएको छ । 

त्यसैगरी महासंघका अनुसार आज तेजाबी सुनमा पनि तोलामा २  सय रुपैयाँ बृद्धी भएर प्रतितोला ७४ हजार ७ सय रुपैयाँले कारोबार भईरहेको छ ।   

Image result for आईतबार सुनको भाउ बढ्यो

आईतबार चाँदीको भाउ भने स्थिर भएको महासंघले जनाएको छ । महासंघको अनुसार शुक्रबार  प्रतितोला  ८ सय ९० रुपैयाँ मूल्य कायम भएको चाँदी आज पनि सोही भाउमा बिक्रीबितरण भईरहेको छ ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *