आज लगानी सम्मेलनको बोर्ड बैठक हुँदै

 

बैशाख ५, काठमाडौँ । आज लगानी सम्मेलन बोर्डको बैठक ३ बजे देखी शुरु हुँदैछ ।  लगानी सम्मेलन भएको झण्डै दुई हप्ताको समय भइसक्दा बल्ला आज बोर्डको बैठक हुन लागिएको हो । 

प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालयमा आज तीन बजे प्रधानमन्त्री एवम् बोर्डका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा सम्पन्न हुने बैठकमा लगानी सम्मेलनकै समिक्षा गरिने भएको छ । 

null

बोर्डका कार्यकारी निर्देशक महाप्रसाद अधिकारीले जनाए अनुसार राजधानीमा चैत १४ र १५ गते आयोजित सम्मेलनमा भएका लगानी सम्बन्धि सम्झौता, प्रतिवद्धता र प्रस्ताािवत निवेदनमाथी आजको बैठकमा छलफल हुनछ । उनका अनुसार सरकारले सम्मेलनमा लगानीका लागि ‘शो केस’मा राखेका ५० वटा ठूला आयोजनामा लगानीका लागि पेश भएका निवेदनमाथी पनि छलफल हुनेछ । 

सम्मेलनको समयमा सरकारी प्रस्तावका ठूला आयोजनामा लागानीका कुनै पनि सम्झौता र प्रतिवद्धता आएको थिएनन् तर ११ वटा आयोजनाका लागि १७ वटा निवेदन दर्ता भएको र त्यसको लागि सरकारले वैशाख ७ गते (अप्रिल २०) सम्मको मिति निर्धारण गरेको थियो । 

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *