आजदेखि भिजा प्रतिबन्ध गर्दै भारत, यी व्यक्तिहरू मात्रै छिर्न पाउने !

फागुन ३०, काठमाडौं । भारत सरकारले कोरोना भाइरस नियन्त्रणका लागि मंगलबारदेखि विभिन्न किसिमको यात्रा प्रतिबन्धको घोषणा गरेको छ । 

भारतीय नागरिकलाई समेत गैर आवश्यक यात्रा नगर्न आग्रह गरिएको छ । १५ अप्रिलसम्म भिजा पनि रद्द गरेको भारतीय सञ्चार माध्यमहरूले उल्लेख गरेका छन् ।  

भिजामाथिको रोक १३ मार्च (आज) राति १२ बजेदेखि लागू हुनेछ । कुटनीतिज्ञ, आधिकारिक, अन्तर्राष्ट्रिय संगठन, रोजगार र प्राजेक्ट भिजालाई भने छुट दिइएको छ ।  

त्यस्तै ओसीआई खातावालाहरुलाई दिइएको भिजा मुक्त यात्राको सुविधा पनि १५ अप्रिलसम्म निलम्बन हुनेछ । यद्यपी जो विदेशी भारतमा छन्, उनीहरुको भिजा भने वैद्य रहनेछ । 

यदि निकै अत्यावश्यक काम परेर कोही विदेशी नागरिक भारत आउन चाहेमा उनीहरुले नजिकैको भारतीय दूतावासमा सम्पर्क गर्न सक्नेछन् । 

कोरोना प्रभावित देशहरु चीन, ईरान, इटाली, उत्तर कोरिया, फ्रान्स, स्पेन र जर्मनी लगायतका देशमा रहेका भारतीय नागरिक स्वदेश फर्कन चाहेमा उनीहरु १४ दिनसम्म क्वारेन्टाइनमा बस्नुपर्ने हुन्छ । यो पनि मार्च १३ देखि नै लागु हुनेछ । 

त्यसैगरी जमिनी सिमाना, जहाँ स्क्रीनिंग सुविधा छ त्यहाँबाट मात्रै प्रवेश गर्न पाइने छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *