खानेपानी मर्मत गर्न गएको दुई व्यक्ति सहित कुकुर पनि मृत फेला

 

जेठ ३, काभ्रेपलाञ्चोक । बिहीबार काभ्रेपलाञ्चोकमा खानेपानी मर्मतका गर्न गएको दुई व्यक्ति मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोक प्रहरी जनाएको छ । 

काभ्रेपलाञ्चोक जिल्लाको रोशी गाउँपालिका–१० वाल्टिङस्थित भाङ्गेटारको जङ्गलमा सोही गाउँका अन्दाजी वर्ष ५० वर्षीय सञ्चर सिं लामा र ४० वर्षको नरबहादुर लामा मृत अवस्थामा फेला परेकाे प्रहरीले जनाएको छ । 

null

गाउँले उपभोग गर्दै आएका खानेपानीको धारामा पानी नआएपछि मर्मत गर्न भनी बुधबार दुवै जना घरबाट निस्केको र उनीहरु सँगसँगै कुकुरपनी गएको, बेलुका सम्म घर नफर्केपछी घरपरिवार र गाउँले मिलेर खोजीकार्य गर्ने क्रममा आज बिहान कुकुर सहित ती दुई जना मृत अवस्थामा फेला परेको त्यस गाउँका वडाध्यक्ष दूधराज तामाङको भनाई छ । 

मृत भेटिएका ती दुईको शरिरमा केही जलेको जस्तो देखिएको र एक जनाको आँखा फुटेको र अर्कोको कपडा समेत च्यातिएको भेटिएको छ । घटना कसरी घट्यो कारण खुल्न सकिएको छैन, यसबारे थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक गिरीले जानकारी दिएका छन् । 

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *