ए डिभिजन लिग: च्यासललाई पराजित गर्दै संकटा तेस्रो स्थानमा

मंसिर १४, काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत शनिबारको पहिलो खेलमा सिएमजी संकटा क्लबले जित हात पारेको छ । 

संकटालाई जिताउन अमित तामाङ र एलोन म्याक्सवेलले एक–एक गोल गरे । च्यासलका सन्तोष साहुखलले एक गोल फर्काए । 

खेलको २३ औं मिनेटमा संकटाले पेनाल्टीबाट अग्रता बनाएको थियो । पेनाल्टीमा संकटाका अमित तामाङले गोल गरेका हुन् । 

null

खेलको ४८ औं मिनेटमा म्याक्सवेलले गोल गर्दै संकटाको अग्रता २–० को दिलाए । त्यसपछि खेलको ८७ औं मिनेटमा संकटाले एक गोल फर्काएको थियो । तर टोलीले जित हात पार्न सकेन । 

खेलमा संकटाका नितिन थापा म्यान अफ दि म्याच चुनिए । 

संकटाले पाँच खेलबाट ९ अंक जोडेको छ भने पराजित च्यासल ४ अंक जोडेर आठौं स्थानमा छ । च्यासलको यसै मैदानमा लगातार दोस्रो हार हो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *