काेषकाे अनुगमन साँच्चिकै अनुगमन की नाटक मात्र

मंसिर ८, धरान । युवा तथा खेलकुद मन्त्रालय अन्तर्गत रहेको युवा तथा साना ब्यवसायी स्वरोजगार कोषकाे रकम दुरूपयाेग गर्ने सुनसरीका सहकारीहरूकाे अनुगमन गरिएकाे छ । सुनसरीको ईटहरी र धरानका गरी ४ बटा सहकारीमा अनुगमन गरिएकाे हाे । 

युवा स्वरोजगार कोषको रकम चरम दुरुपयोग भएको भन्दै बुधबार र बिहिबार काेषका सुनसरी प्रतिनिधी चिरञ्जिवी भट्टरार्इ लगायतकाे टाेलीले ती सहकारी अनुगमन गरेकाे हाे । टाेलीले धरानकाे बराह बचत तथा ऋण सहकारी संस्था, इटहरीकाे पारीजात बचत तथा ऋण सहकारी संस्था लिमिटेड, तलेजु बचत तथा ऋण सहकारी संस्था लिमिटेड र अंकुर बचत तथा ऋण सहकारी संस्था लि.काे अनुगमन गरेकाे छ । 

 

null

ती सहकारीले काेषकाे रकम अाफ्नै कर्मचारीलार्इ ऋण प्रवाह गरेकाे, हिनामिना गरेकाे भन्ने विभिन्न सञ्चारमाध्यममा समाचार प्रकाशित भएपछि काेषका प्रतिनिधीले सत्यतथ्य बुझ्न अनुगमन गरेका हुन् । अनुगमनका गएका काेषका प्रतिनिधि चिरञ्जिवी भट्टरार्इले अाफुहरू अनुगमनमै रहेकाेले अहिले नै के भएकाे भन्न नमिल्ने बताए । 

कोषले युवा तथा साना ब्यवसायीको आर्थिक स्थिति सुधार्न कम ब्याजदरमा सहकारी मार्फत पठाएको रकम बराह बचत तथा ऋण सहकारी संस्थाले अाफ्ना कर्मचारीलार्इ मात्र ऋण प्रवाह गरेकाे छ । भने, इटहरीकाे पारीजात बचत, तलेजु बचत र अंकुर बचतले काेषकाे रकम कहाँ कसरी प्रयाेग भर्इरहेकाे स्पष्ट जानकारी नै दिन नसकिरहेकाे तथा ति सहकारीका पदाधिकारीले नै काेषकाे रकम चलाएकाे बुझिएकाे छ । स्राेतले दिएकाे जानकारी अनुसार ती सहकारीका सञ्चालक समितिले काेषका सुनसरी प्रतिनिधिसँगकाे मिलेमताेमा रकम दुरूपयाेग गरेका छन् । 

पहुँच र हुनेखानेले कोषको रकम प्रयोग गर्दा स्वदेशमै स्वरोजगार भएर आत्मनिर्भर हुने सपना बोकेका कयौं बेरोजगार युवाहरु कोषको सेवाबाट बञ्चित हुनु परिरहेको छ । 

काेषका सुनसरी प्रतिनिधि भट्टरार्इले स्वरोजगार कार्यक्रम चलाउने सबै सहकारीमा अनुगमन गरी समितिले प्रतिबेदन तयार पार्ने र पत्रकारलाई जानकारी गराउने भनिए पनि अहिलेसम्म जानकारी गराएका छैनन् । काेषका प्रतिनिधिले गएकाे बिहिबार दिउसो १२ बजे धरान स्थित बराह बचत तथा ऋण सहकारी संस्थामा अनुगमन गर्दा सञ्चारकर्मीलार्इ नअार्इदिन अाग्रह गरेका थिए । उनीहरूले सबै डकुमेण्ट हेरेर अध्ययन गरेपछि पत्रकारलार्इ जानकारी गराउने भनेपनि अनुगमन पछि बारम्बार सम्पर्क गर्दापनि फाेन उठाएनन् । 

धरानकाे बराह बचतमा काम गर्ने कर्मचारीले काेषकाे रकम चलाएका छन् । उनिहरूले स्वरोजगार कोषकाे रकम गरगहना, छिलाई कटाई कारखाना, चमेना गृह, बंगुर पालन, कुखुरा पालन, बाख्रा पालन, व्युटि पार्लर, सिलाईकटाई लगायतका ब्यवसाय गर्न लिएपनि त्याे भन्दा फरक क्षेत्रमा लगानी गरेका छन् । 

पहुँच र हुनेखानेले कोषको रकम प्रयोग गर्दा स्वदेशमै स्वरोजगार भएर आत्मनिर्भर हुने सपना बोकेका कयौं बेरोजगार युवाहरु कोषको सेवाबाट बञ्चित हुनु परिरहेको छ । 

स्वरोजगार कोषको ऐनमा औपचारिक शिक्षा आर्जन लगायत कुनैपनि पेशा व्यवसायमा संलग्न नरहेको बेरोजगार व्यक्तिलाई लक्षित समूहको रुपमा परिभाषित गरिएको छ । त्यही मापदण्ड अनुसार ऋण प्रवाह गर्न कोषले सहकारीहरुलाई निर्देशन दिएको छ । तर,सहकारीहरुले ऋण उठाउन सजिलोका लागि एउटा व्यवसाय गर्ने अर्को शिर्षकमा लगानी गरिरहेको पाईएको छ । 

स्वरोजगार कोषले २०७३ माघ अघि ७ प्रतिशत व्याजमा सहकारीलाई ऋण दिएको थियो । उक्त रकम १२ प्रतिशत व्याजमा बेरोजगार युवाहरुलाई लगानी गर्नुपर्ने थियो । तर २०७३ माघपछि सरकारले कोषबाट सहकारीलाई ५ प्रतिशत र सहकारीले युवाहरुलाई १० प्रतिशत व्याजमा ऋण प्रवाह गर्नुपर्ने निति ल्याएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *