अमेरिका जाँदै वरिष्ठ नेता नेपाल

 

बैशाख १६, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपाल सोमबार अमेरिका प्रस्थान गर्ने भएका छन् । 

भाइको छोरीको विवाहमा सहभागी हुन नेता नेपाल आज अमेरिका प्रस्थान गर्न लागेको उनको निजी सचिवालयले जानकारी दिएको छ । उनी ३ तारिखमा फर्कने छन् । 

null

नेता नेपाल आइतबार मात्रै चीन भ्रमणबाट फर्किएका हुन् । चीनको राजधानी बेइजिङमा सम्पन्न ‘बेल्ट एण्ड रोड फोरम’ को दोस्रो अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागि हुन नेता नेपाल बैशाख ११ गते त्यसतर्फ प्रस्थान गरेका थिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *