‘विश्व सिमसार दिवस’ मा सरसफाई र सडक नाटक

माघ १९, चितवन । विश्व सिमसार दिवसको अवसरमा आईतवार सौराहामा विविध कार्यक्रम गरिएको छ ।  

बाघमारा मध्यवर्ती सामुदायिक वन र चित्रसेन मध्यवर्ती सामुदायिक वनको आयोजना तथा रेवान सौराहा,दिगो फोहोर व्यवस्थापन सहकारी संस्था, राष्ट्रिय प्रकृति संरक्षण कोष लगायतको सहयोगमा बुढीराप्ती नदि सरसफाई गरिनुका साथै सडक नाटक देखाएर सिमसार दिवस मनाइएको हो ।  

बाघमारा र चित्रसेन वनको महत्वपूर्ण नदि बुढीराप्ती नदि हो । पछिल्लो समय गोहीले सो नदिलाई वासस्थान बनाउन थालेपछि संरक्षणका लागि सरसफाई गरिएको बाघमारा मध्यवर्ती सामुदायिक वनका अध्यक्ष जीत बहादुर तामाङले बताए । बाघमारा वनले पञ्चवर्षिय कार्ययोजनामा समेत सो नदि संरक्षणलाई समेटेको उनले जानकारी दिए ।  

बुढीराप्ती नदिमा फोहोर हुने स्थानको सर्वे गरिसकेको भन्दै अध्यक्ष तामाङले त्यस्ता स्थानका स्थानीयलाई लक्षित गर्दै सचेतना मुलक कार्यक्रम गर्न लागेको जानकारी दिए । उनका अनुसार बुढीराप्ती नदिमा हाल ३५ वटा गोही रहेको अनुमान छ । बुढीराप्ती नदि गाडी धुने,मानिस नुहाउने,लुगा धुने थलोको रुपमा विकास भएको भन्दै कार्यक्रममा उपस्थितहरुले चिन्ता जनाए ।  

सरसफाई उद्घाटनका अवसरमा चितवन राष्ट्रिय निकुञ्ज पूर्वी सेक्टर प्रमुख सहायक संरक्षण अधिकृत गोपाल वहादुर घिमिरे,राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका प्रमुख रामकुमार अर्याल, रत्ननगर ७ का वडाध्यक्ष लालवहादुर भट्ट, राष्ट्रिय प्रकृति संरक्षण कोषका संरक्षण अधिकृत डाक्टर बाबुराम लामिछाने ,चित्रसेन वनका अध्यक्ष पुष्पराज श्रेष्ठले फोहोर व्यवस्थापनका लागि निरन्तर कार्यक्रम संचालन गर्नुपर्ने बताए ।  

चित्रसारी पुलदेखी सुरु भएको सरसफाईमा रेवान सौराहाका अध्यक्ष दिपेन्द्र खतिवडा, दिगो फोहोर व्यवस्थापन सहकारी संस्थाका अध्यक्ष धु्रव गिरी, नेपाली सेनाका प्रतिनिधीहरु, वर्ड एजुकेसन, नेचरगाईड, सौराहा जेसिज, सौराहा लेडी जेसिजका प्रतिनिधीहरु, चित्रसारी माविका विद्यार्थीहरु सहभागी थिए ।  

दिवसकै अवसरमा चित्रसारी माविमा फोहोर न्युनिकरण सम्वन्धी सडक नाटक समेत प्रस्तुत गरिएको थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *