झापामा एकपछि अर्को गर्दै बम भेटिएपछि
मकालु खबर
२०७४ जेठ १५ गते
असार १२, झापा । दोस्रो चरणको स्थानीय निर्वाचन नजिँदै गर्दा झापाका विभिन्न स्थानमा बम फेला पर्न थालेको छ । नेपाली सेनाको बम डिस्पोजल टोलीले बिर्तामोडमा भेटिएका दुई बम निष्कृय पारेको केही घण्टा वित्न नपाउँदै फेरि अर्को बम फेला परेपछि झापाबासी त्रसित भएका छन् । यसअघि बिर्तामोडमा माओवादी उम्मेदवार सरु न्यौपानेको घर छेऊ र देवी मावि मतदान केन्द्र अगाडि बम भेटिएको थियो ।
विरिङ नदी छेऊ र लक्ष्मीपुरमा भेटियो बम
सोमबार साँझ कनकाई नगरपालिकामा पर्ने विरिङ नदी छेऊ पनि शंकास्पद वस्तु भेटिएको छ । यस्तै लक्ष्मीपुरमा पनि बम भेटिएको छ । बमको आशङ्कामा प्रहरीको टोली अहिले त्यहाँ पुगेको जिल्ला प्रहरी कार्यालय, झापाका प्रमुख एसपी शैलेश थापाले बताए । विप्लप माओवादीले बम राखेका हुनसक्ने प्रहरीको आशंका छ । यस विषयमा थप अनुसन्धान भइरहेको जनाइएको छ ।
मकालु खबर
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित