समलिङ्गी अधिकारसम्बन्धी र्‍यालीमा एक व्यक्तीले बन्दुक देखिएपछि भागभाग

 

जेठ २७।  शनिवार अमेरिकाको वाशिङ्टन डिसीको सडकमा समलिङ्गी अधिकारप्रति ऐक्यवद्धता जनाउन निस्किएको र्‍यालीमा एक बन्दुक बोकेको मान्छे देखिएपछि भागाभाग भयो । 

भागदौडका क्रममा सात जना व्यक्तिलाई चोट पटक लाग्यो । तिनलाई उपचारको लागि अस्पताल भर्ना गरिएको छ । घटनासम्बद्ध एकजना पक्राउ परेका छन् । अमेरिकी मिडियाले पक्राउ पर्नेको नाम अफ्ताब्जीत सिंह बताएको छ । 

null

कयैन व्यक्तिले भिड तितरवितर हुनुअघि गोलीको आवाज आएको बताएको भए पनि अधिकारीले गोली प्रहार भएको प्रमाण नभेटेको बताएको छ । एपी समाचार एजेन्सीले उद्दरण गरेको प्रहरी रिपोर्टअनुसार आफ्नो प्रेमीलाई कसैले हिर्कारहेको देखेपछि सिंहले बन्दुक निकालेका थिए । 

३८ वर्षे पुरुषमाथि गैरकानुनी रुपमा बीबी बन्दुक राखेको, खतरनाक बन्दुक बोकेको र शान्ति सुरक्षामा खलल पारेको मुद्दा परेको छ । उनलाई सोमबार अदालतमा प्रस्तुत गरिनेछ । अस्पताल भर्ना भएका सात जनामध्ये कसैको चोट गम्भिर नभएको प्रहरीले बताएको छ । 

र्‍यालीको आयोजक क्यापिटल परेडले ट्वीटरमा जारी गरेको वक्तव्यमा भावी दिनमा तिनको कार्यक्रम ‘सुरक्षा सतर्कताका सहित’ जारी रहने बताएको छ । 

प्रत्यक वर्ष जुन महिनामा विश्वभरी ‘गे प्राइड (समलिङ्गी गौरव)’ आयोजना हुने गर्छ । यी र्याली विशेष गरेर जुन २८ को वरपर हुने गर्छ । यी र्याली प्रहरीले न्युयोर्क सिटीको एक समलिङ्गी वारमा भएको छापाको वार्षिकोत्सवमा आयोजना हुने गर्छ । 

सन् १९६९ मा भएको प्रहरी छापालाई वार सञ्चालकले प्रतिरोध गरेपछि यौनिक अल्पसंख्यकको आधुनिक अधिकारवादी आन्दोलन शुरु भएको मानिन्छ । एजेन्सी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *