विश्वमा समाजवादको नयाँ मोडल प्रस्तुत गर्छौँः अध्यक्ष दाहाल

 

साउन १०, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टीले विश्वमा समाजवादको नयाँ मोडल प्रस्तुत गर्ने बताएका छन् । 

शुक्रबारबाट काठमाडौंमा सुरु भएको ‘एशीया प्यासिफिक कन्फरेन्स अफ सोलिडारिटी वीथ क्युबा’ को दुई दिने सम्मेलनको उद्घाटन गर्दै अध्यक्ष दाहालले यस्तो धारणा राखेका हुन् । समाजवाद निर्माणका लागि सरकारले ‘समृद्ध नेपाल सुखी नपाली’ को नारा अघि सारेको उनको भनाइ छ । 

null

पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले कार्यक्रममा भने, ‘हाम्रो पार्टी विश्वमा समाजवादको नयाँ मोडल प्रस्तुत गर्न चाहन्छ । समाजवाद निर्माणकै लागि हामीले ‘समृद्ध नेपाल सुखी नेपाली’ को नारा अघि सारेका हौँ ।’ 

उनले समाजवाद निर्माणका लागि क्युवाको कम्युनिष्ट पार्टीले खेलेको भूमिकाबारे पनि खुलेर प्रशंसा गरे । 

क्युबा एउटा राष्ट्र मात्रै नभएर विश्वका कम्युनिष्टहरुको आर्दश भूमि पनि भएकाले त्यसबाट सिकेर विश्वका कम्युनिष्ट पार्टीहरुले आफूलाई अघि बढाएको पनि अध्यक्ष दाहालको भनाई थियो । 

अध्यक्ष दाहालले क्यूवाले सर्वहारा वर्गको उत्थानका लागि लडेको लडाई विश्वभरकै कम्युनिष्टहरुका लागि आर्दश बनिरहने दावी पनि गरे । 

उनले आफ्नो पार्टीले पनि जनताको विश्वास जितेर दुई तिहाई बहुमतको बलियो सरकार बनाएको उल्लेख गर्दै अब समाजवाद निर्माणको आधार तय गर्दै अघि बढने प्रतिवद्धता पनि व्यक्त गरे । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *