हुरीपीडितका घर पुनर्निर्माणका लागि सरकारको तर्फबाट ८५ करोड

बैशाख १२, काठमाडौँ । गत चैत्र १७ गते बारा र पर्सामा आएको विनाशकारी आँधीहुरी पिडित परिवारलाई सरकारले ८४ करोड ६८ लाख रुपैयाँ उपलब्ध गराउने भएकाे छ । 

 

मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्न बिहिबार सञ्चार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले हुरीपीडितका घर पुनर्निर्माणका लागि नेपाली सेनालाई ८४ करोड ६८ लाख ७६ हजार एक सय ४०  रुपैयाँ दिने निर्णय गरिएको जानकारी दिएका हुन् । 

null

केही समय अगाडी बारा र पर्सामा हावाहुरीबाट भत्केका घर पुनः निर्माणको जिम्मा सरकारले नेपाली सेनालाई दिने निर्णय गरेको थियो । 

हावाहुरीबाट बारा–पर्साका १४ सय ५३ वटा घर क्षतिग्रस्त भएका थिए भने २९ जनाले ज्यान गुमाएका थिए । हुरीमा परी ६ सय भन्दा बढी घाइते भएका थिए। 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *