लिग लिडर लिभरपुल बराबरीमा रोकियो

एजेन्सी । इन्ग्लिश प्रिमियर लिग फुटबलमा लिग लिडर लिभरपुल बराबरीमा रोकिएको छ । बुधबार राति भएको खेलमा लिभरपुल लेष्टर सिटीसंग १-१ गोलको बराबरीमा रोकिएको हो । 

घरेलु मैदानमा सुरुवाती अग्रता जोगाउन नसक्दा लिभरपुलले लेष्टरसंग अंक बाडेको हो । पहिलो हाफको तेस्रो मिनेटमा साडियो मानेको गोलबाट लिभरपुलले सुरुवाती अग्रता बनाएको थियो । 

तर, खेलको ४५ औं मिनेटमा लेष्टरका ह्यारी मागुइरेले गोल गर्दै खेल १-१ को बराबरीमा ल्याए । दोस्रो हाफमा दुवै टोलीले थप गोल गर्न सकेनन् र खेल १-१ को बराबरीमा सकियो ।  

null

यो बराबरीसंगै लिभरपुलले शीर्ष स्थानको अग्रता फराकिलो बनाउने मौका गुमाएको छ  । बराबरीपछि लिभरपुलले २४ खेलबाट ६१ अंक जोडेको छ । लिभरपुल दोस्रो स्थानको म्यानचेस्टर सिटी भन्दा ५ अंकले अघि छ । सिटीको ५६ अंक छ । लेष्टर सिटी ३२ अंकसहित ११ औं स्थानमा छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *