बाढीबाट चालीस लाखको क्षति

सप्तरी, ६ भदौ । हालै आएको बाढीका कारण विद्युत् वितरण केन्द्र राजविराजमा करिब रु ४० लाख बराबरको क्षति भएको छ ।

वितरण केन्द्रका कार्यालय प्रमुख रामउदगार साहकाअनुसार छवटा विद्युत् ट्रान्सफर्मर पूर्णरुपमा जलेका, ७० वटा विद्युत् पोल ढल्नुका साथै विद्युत् तारमासमेत क्षति भएको थियो ।

विद्युत् विच्छेद हुँदा करिब ५८ हजार ग्राहक प्रभावित भएका थिए । ठाउँ ठाउँमा पोल र तार खस्दा तथा ट्रन्सफर्मरमा आगो लागेर क्षति हुँदा त्यसलाई पुनः व्यवस्थित गर्न वितरण केन्द्रलाई धौधौ परेको थियो । अहिले विभिन्न ठाउँमा विद्युत् मर्मत भइरहेको कार्यालयले जनाएको छ । रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *