‘बीआरआईले सामूहिक विकासको प्रयास गरेको छ, नेपालले फाइदा लिनुपर्छ’ प्रचण्ड

भाद्र २९, काठमाडौं । बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई)ले सामूहिक विकासको प्रयास गरेको सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बताएका छन्। 

पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डले नेपाल बुद्धिजीवी संगठनले आइतबार ललितपुरमा आयोजना गरेको बीआरआई संवाद कार्यक्रममा बोल्दै बीआरई ठूलो प्रोजेक्ट भएको र यसबाट नेपालले फाइदा लिन सक्ने बताएका हुन् । उनले चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणको पूर्वसन्ध्यामा बीआरआईबारे बहस हुनु महत्वपूर्ण कुरा भएको भन्दै बिआरईबाट नेपालले सक्दो फाइदा लिन सक्नुपर्ने औल्याए । 

‘बीआरआईबाट नेपालले ठूलो लाभ लिन सक्छ । यो निकै ठूलो प्रोजेक्ट हो । यसले सैन्य अभ्यासको परिकल्पना गर्दैन, शक्ति केन्द्रको पनि परिकल्पना गर्दैन । यो सामूहिक विकासको प्रयास हो । यसबाट नेपालले धेरै फाइदा लिन सक्नेछ ।’ उनले भने ।   

प्रचण्डले आफू प्रधानमन्त्री हुँदा त्रिदेशीय साझेदारीको कुरा उठाएको बताउँदै त्यसलाई सरकार बाहिर हुँदा पनि उठाइरहेको भन्दै भने–‘सरकारबाहिर रहँदा पनि त्रिदेशीय साझेदारीको विषय उठाउँदै आएको छु । बिम्सिटेक सम्मेलनमा चिनियाँ राष्ट्रपति सी जिङ फिङ र भघारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग यो विषयमा गम्भीर कुरा राखेको थिए ।’   

अध्यक्ष प्रचण्डले नेपाल असंलग्न र स्वतन्त्र विदेश नीतिको पक्षमा रहेको बताउँदै देशको राष्ट्रिय स्वतन्त्रता सुदृढ गर्ने, अक्षुण राख्ने घोषित नीति बाट आफुहरु दायाँबायाँ नहुने जिकिर गरे ।   

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *