हिन्दुराष्ट्रका लागि राप्रपाको हस्ताक्षर अभियान सुरु


चैत १७, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले हिन्दुराष्ट्रका लागि हस्ताक्षर अभियान सुरु गरेको छ । नेपाललाई हिन्दुराष्ट्र बनाउनुपर्ने माग राख्दै राप्रपाले देशभर हस्ताक्षर अभियान सुरु गरेको हो ।
८१ प्रतिशत हिन्दुहरु रहेको मुलुकमा हिन्दुराष्ट्र पुनःस्थापनाका लागि सरकारलाई दबाब दिन यो अभियान सुरु गरिएको राप्रपाले जनाएको छ ।
null
काठमाडौं, ललितपुर र भक्तपुरको हस्ताक्षर संकलन अभियान भने संयुक्त रुपमा काठमाडौंको बसन्तपुरबाट सुभारम्भ गरिएको छ ।
संकलन गरिएको सो हस्ताक्षर राप्रपाले आगामी चैत्र २३ गते प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाउने निर्णय गरेको छ ।
चैत १५ गतेबाट सुरु पहिलो चरणको आन्दोलन वैशाख ८ गते सकिनेछ । १६ गतेसम्म प्रचारप्रसार गरेको पार्टीले आइतबारदेखि २३ गतेसम्म देशव्यापी हस्ताक्षर संकलन अभियान राखेको हो ।
पहिलो चरणको संघर्ष सकिएलगत्तै संघर्षको उचाईं र सशक्तता बढाउँदै दोस्रो र तेस्रो चरणको कार्यक्रम तयार गरिने पार्टीले जानकारी दिएको छ ।
