सिटिजन्स बैंक ऋणपत्र २०८६ बजारमा आउँदै

फागुन ७, काठमाडौँ ।  सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले रु.२ अर्ब ५० करोड बराबरको ऋणपत्र “१०.२५% सिटिजन्स बैंक ऋणपत्र २०८६” चाँडै बजारमा निष्काशन गर्ने भएको छ । त्रैमासिक व्याज भुक्तानी भएको उक्त ऋणपत्र दश  वर्षको अवधिका लागि निष्काशन गर्न लागिएको हो । 

 रु.२ अर्ब ५० करोड बराबरको प्रति ऋणपत्र रु.१,००० अंकित मूल्यका  २५ लाख कित्ता मध्ये १० लाख कित्ता ऋणपत्रले हुन आउने कुल रु. १ अर्व ऋणपूँजी रकम (५०,००० कित्ता सामूहिक लगानी कोषका लागि छुट्टयाईएको समेत) सर्वसाधारण नेपालीको लागि सार्वजनिक निस्काशनबाट बिक्री गरिने र बाँकी १५ लाख कित्ता ऋणपत्रले हुन आउने कुल रु. १ अर्ब ५० करोड ऋणपूँजी रकम विभिन्न व्यक्ति वा संघ संस्थाहरुलाई व्यक्तिगत तर्फ  (Private Placement) बाट बिक्री गरिने कुरा बैंकले जानकारी गराएको छ । 

ग्लोबल आइएमई क्यापीटल लिमिटेडको निष्कासन तथा बिक्री प्रवन्धमा यस बैंकले जारी गर्न लागेको १० वर्ष अवधि तथा बार्षिक १०.२५ प्रतिशत ब्याजदर भएको “१०.२५% सिटिजन्स बैंक ऋणपत्र २०८६” ऋणपत्रलाई ईक्रा नेपाल लिमिटेडले [ICRANP] LBBB+ रेटिङ्ग मिति २०७६ मंसिर ७ गते  गरेको हो । उक्त क्रेडिट रेटिङ्ग प्राप्त गर्ने  Instrument  लाई समयमानै वित्तीय दायित्व पूरा गर्ने सम्वन्धमा  सुरक्षित मानिन्छ ।   

Image result for सिटिजन्स बैंक

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना ८९ वटा शाखा, ९० वटा ए.टि.एम. र १०३ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव पाँच लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *