मधेशी स्वास्थ्यकर्मी फोरम नेपाल प्रदेश एकको अध्यक्षमा साह

चैत्र १७, बिराटनगर । मधेशी स्वास्थ्यकर्मी फोरम नेपाल प्रदेश एकले हरिशंकरप्रसाद साहको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । विराटनगरमा सम्पन्न दुई दिने प्रथम अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको हो । 

संघीय प्रेस फोरम नेपाल जिल्ला कार्य समितिले आज पत्रकार सम्मेलनको आयोजना गरी कार्य समितिको नाम सार्वजनिक गरेको छ । साहको अध्यक्षतामा निर्विरोध चयन गरिएको समितिको चार उपाध्यक्षहरुमा सुरेशकुमार पण्डित, मन्जु यादव, मनोजकुमार यादव, रामनारायण शर्मा र गिरधारीप्रसाद साह रहेका छन् । 

यसैगरी मुख्य सचिव, सचिवद्वय र कोषाध्यक्षमा क्रमशः शिवनारायण यादव, अजय मण्डल, रामानन्दप्रसाद गुप्ता र रामअवतार यादव रहेका छन् । फोरमको सदस्यहरुमा हरिनारायण यादव, रविन्द्रकुमारकुमार महतो, रेणुका चौधरी, कञ्चन ठाकुर र सुरेश महतोलाई चयन गरिएको छ । सो अवसरमा अध्यक्ष साहले सरकारले गरेको कर्मचारी समायोजनामा स्वास्थ्यकर्मीहरुलाई तह घटुवा गरेको आरोप लगाउँदै अविलम्व सच्च्याउनुपर्ने अन्यथा आफूहरुले आन्दोलन गर्ने चेतावनी दिए । 

null

यस्तै स्वास्थ्यकर्मी फोरमका केन्द्रीय महासचिव कृष्णलाल यादवले कर्मचारी समायोजनामा स्वास्थ्यका कर्मचारीलाई गरिएको विभेद अन्त्य गर्नुका साथै समायोजन भएका कर्मचारीको नाम चाँडै सार्वजनिक गर्नु माग गरे । मधेशी स्वास्थ्यकर्मी फोरमको प्रदेश १ का १४ जिल्लामा गरी चार सय सदस्य छन् । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *