विद्यालयको भुईमा वालुवामाथीनै पनिङ, काम रोक्न मेयरको निर्देशन

 

साउन १९ चितवन । चितवनको खैरहनी नगरपालिका २ स्थित जनजीवन माध्यमिक विद्यालयको नवनिर्मित भवन निर्माणका क्रममा चरम लापरवाही भएको पाईएको छ । 

विद्यालय व्यवस्थापन समितिको वेवास्ताका कारण विद्यालयको भुईमा प्लास्टर नगरि वालुवा माथीनै पनिङ गरेको पाईएको हो । ढलानपछि प्लास्टर गरि पलिङ गर्नु पर्नेमा वालुवामा सिमेन्ट छर्किए जस्तो गरि वालुवामाथी पनिङ गरेको गरेको पाईएको अनुगमनमा पुगेका खैरहनीका मेयर लालमणी चौधरीले वताए । 

null

अनुगमन पछि मेयर चौधरीले तत्काल निर्माणका काम रोक्न निर्देशन दिएका छन् । मेयर चौधरी आफैले प्लास्टर गरेको ठाउँमा खनेर हेर्दा वालुवा मात्रै फेला परेको थियो । विद्यालयको भुईतल्ला र माथिल्लो तलका सवै कोठामा यस्तो पाईएको हो । विद्यालय निर्माणमा व्यवस्थापन समितिले अनुगमन र रेखदेख गर्नु पर्नेमा त्यस्तो नपाईएपछि मेयर चौधरी आक्रोसित भएका थिए । मेयर चौधरीले विद्यालय व्यवस्थापन समितीलाई तत्काल स्पष्टिकरणको पत्र लेख्न प्रशासकीय अधिकृत प्रकाशचन्द्र पौडेललाई निर्देशन दिएका छन् । 

नगरको वजेट त्यसै खेर जान दिन्न मेयर चौधरीले भने ‘कारवाही प्रक्रियाका लागि विद्यालय व्यवस्थापन समितिलाई स्पष्टिकरण सोधिनेछ , नगरवासीसंग संकलन भएको राजस्वमा खेलवाड गर्ने अधिकार कसैलाई छैन् ।’ निर्माणको जिम्मा लिएका ठेकेदारका कर्मचारीले विद्यालय व्यवस्थापन समितिले रकम अपुग रहेको भन्दै मौजाद सामानबाटै काम गर्न भएकाले सोही अनुसार गरेको वताएका छन् । विद्यालयका एक शिक्षकले पनि विद्यालय व्यवस्थापन समितिको कमजोरी रहेको वताएका छन् । सवै कोठाको काम हेरौं भन्दा समितिका अध्यक्षले आफै वसेर गरेको भनेर जवाफ दिएकाे शिक्षकले बताए । 

२०७४ चैतबाट सुरु गरिएको चार कोठाको भवन निर्माणमा रकम अपुग भएपछि खैरहनी नगरपालिका र वडा कार्यालयले ५/५ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *