टिसर्टको कारण भडप हुँदा अनेरास्ववियुका ११ नेता पक्राउ

 

असार ३, काडमाडौँ । टिसर्टका कारण  आन्दोलनरत विद्यार्थी र प्रहरीबीच झडप हुँदा अनेरास्ववियुकाको करिब एक दर्जन नेतालाई प्रहरीले पक्राउ परेका छन् भने यस झपडमा एक प्रहरी समेत घाइते भएका छन् । 

मध्यपश्चिमाञ्चल विश्वविद्यालय टि–सर्टको विषयलाइ लिएर आन्दोलनमा उत्रिएका विद्यार्थी र प्रहरीबिच झडप हुँदा प्रहरी जवान सुरेन्द्र महत्त रहेका छन भने  अनेरास्ववियुका विद्यार्थी नेता अमरराज शाही, धुपेन्द्र शाही, तिर्सना हमाल, नवीन योगी, गणेश शाही राजन केसी, महेन्द्रकुमार थापा, ममता अधिकारी, सरोज न्यौपाने बसन्त बस्नेत, न्युटन वलीलाई प्रहरीले जनाएको छ । 

null

नबौं स्थापना दिवशको अवसरमा विश्वविद्यालयले टि–सर्ट लगाउने बहानामा निजी कलेजको विज्ञापन गरेको भन्दै विद्यार्थीहरुले आन्दोलनमा थिए । आन्दोलनकारी विद्यार्थीहरुले विश्वविद्यालय स्थलमै बिभिन्न नाराबाजी र ढुङ्गामुडा समेत प्रहार गरेका थिए । 

आन्दोलनरत विद्यार्थी  काठमाडौँको राजधानी मोडेल कलेज र जेभिएर इन्टरनेशन कलेजको टि–सर्ट्मा विज्ञापन गरेको भन्दै आन्दोलनमा उत्रेका थिए भने  विद्यार्थीहरुले राजधानी कलेजले सौजन्य गरेको दुई बोरा टिर्सट समेत नियन्त्रणमा लिएका छ्न् ।  

 

अनेरास्ववियुका संयोजक ऐन महरले बताए अनुसार विश्ववविद्यालय प्रशासनले विद्यार्थीहरुले उठाएका माग सम्बोधन गर्नुको साटो उल्टै विद्यार्थीलाई धाकधम्की र पक्राउ गरिएको हो । 

पक्राउ गरिएका विद्यार्थी नेताहरुलाई अविलम्ब रिहाइको माग गर्दै उत्पन्न समस्या तत्काल समाधान गर्नुपर्ने अनेरास्ववियुका सहसंयोजक रञ्जित तामाङले बताएका छन् । 

महर र तामाङले मंगलबार विश्वविद्यालयको कार्यक्रममा निजी कलेजको प्रायोजनमा छापिएको टिसर्ट विश्वविद्यालय स्वयले वितरण सर्वथा गलत भन्दै एक विज्ञप्ति जारी समेत जारी गरेका छन् । 

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *