महालक्ष्मी नगरपालिकाको सामाजिक सुरक्षा भत्ता वितरण : साढे १० करोड बेरुजु

पत्रपत्रिकामा आज  

पुष १९, ललितपुर । साढे १० करोड बेरुजु देखिएको महालक्ष्मी नगरपालिकाको सामाजिक सुरक्षा भत्ता वितरणको हिसाबमा बैंकले समेत गडबडी गरेको पाइएको छ । महालेखा परीक्षकको कार्यालयले नगरपालिकाले वितरण गर्ने सामाजिक सुरक्षा भत्तामा १० करोड ५० लाख ८६ हजार रुपैयाँ बेरुजु देखाएको थियो । 

आर्थिक वर्ष ०७३र०७४ मा ५ करोड ५० हजार ८ सय र ०७४र७५ मा ५ करोड ५० लाख ३५ हजार २ सय बेरुजु देखिएको महालेखाको प्रतिवेदनमा उल्लेख छ । बैंकले रकम वितरणको भरपाई र वितरण हुन बाँकी नामसहितको लाभग्राहीको विवरण नगरपालिकालाई उपलब्ध नगराएको र नगरपालिकाले पनि अनुगमन गरी जाँचबुझ नगरेको महालेखाले कारण औंल्याएको छ । 

नगरपालिकाले इमाडोल, टीकाथली, सिद्धिपुर, लुभु, लामाटार क्षेत्रका ज्येष्ठ नागरिक, एकल, विधवा, दलित, बालबालिका, आंशिक र पूर्ण अपांगता भएकालाई भत्ता वितरण गर्न सिद्धार्थ, एनएमबी र सनराइज बैंकसँग सम्झौता गरेको थियो । लाभग्राहीको नामसहित भत्ता वितरण गर्न पहिलो, दोस्रो, तेस्रो र थप किस्ता गरेर सिद्धार्थमा एक करोड २८ लाख २१ हजार ६ सय र र सनराइजमा नगरपालिकाले ३ करोड १६ लाख ४० हजार ४ सय रुपैयाँ जम्मा गरेको थियो । एनएमबीमा भने पहिलो किस्ताको मात्र एक करोड ५ लाख ७३ हजार २ सय जम्मा गरेको थियो । 

सामाजिक सुरक्षा कार्यक्रम सञ्चालन कार्यविधि, २०७२ को दफा २४ ९६० अनुसार बैंकले लाभग्राहीका खातामा रकम जम्मा भएको स्पष्ट देखिने गरी नाम, बैंक, खाता नम्बर र जम्मा भएको रकमसहितको विवरण चौमासिक रूपमा सम्बन्धित नगरपालिकामा पठाउनुपर्ने व्यवस्था छ । यसै विवरणलाई रकम वितरण भएको भरपाई मानिने कानुनी व्यवस्था छ । सोही दफाको उपदफा ९झ० मा एक आर्थिक वर्षभरि कारोबार नगर्ने लाभग्राहीको खाता रोक्का राखी बैंकले सोको जानकारी नगरपालिकालाई दिनुपर्ने व्यवस्था छ तर बैंक र नगरपालिका दुवैले कार्यविधिअनुसार नगरेको महालेखाको ठहर छ । महालेखाले नगरपालिकालाई ०७५ चैत २९ मा बेरुजुको विस्तृत प्रतिवेदन दिएको थियो । 

नगरपालिकाले प्रमाण भएमा ३५ दिनभित्र बेरुजु फर्छ्योट गर्न सक्ने प्रावधान छ । फर्छ्योट गर्न पाउने अवधि असार मसान्तसम्म भए पनि फर्छ्योट गर्न सकेन । नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठ बैंकले समयमै भत्ता वितरणको भरपाई उपलब्ध नगराएकाले फर्छ्योट गर्न नपाएको दाबी गर्छन् । ‘यसबारे बैंकलाई पटकपटक ताकेता पनि गरेका छौं,’ उनले भने, ‘बेरुजु नगरपालिकाको नाममा होइन, बैंकको नाममा छ ।’ अहिले फर्छ्योटका लागि ०७५र०७६ को लेखा परीक्षण गर्न आएको टोलीलाई समयमै पेस गरिसकेको उनको भनाइ छ । कतिसम्म भने सनराइज बैंकको विवरणमा हिसाब जोड्दा समेत कुल रकम बढी देखाइएको छ । 

नगरपालिकाबाट प्राप्त चेक रकम र बैंकबाट भुक्तानी रकम जोड्दा त्रुटि देखिन्छ । प्रथम, दोस्रो र तेस्रो किस्ताका लागि नगरपालिकाबाट ३ करोड ४० लाख २६ हजार ८ प्राप्त भए पनि बैंकले बुझाएको विवरणमा ३ करोड ४१ लाख ९८ हजार ४ सय उल्लेख छ । भुक्तानी भएको रकममा पनि एक लाख ६७ हजार ४ सय रुपैयाँ फरक देखिएको छ । 

सनराइज बैंक लुभु शाखाका प्रमुख पर्वत नेपालले आफू भर्खरै आएकाले यसबारे जानकारी नभएको बताए । बैंककै कर्मचारी सुनिल तुईतुईले भने आफूहरूले पेस गरेको विवरण नगरपालिकाले स्विकारिसकेको प्रतिक्रिया दिए । ‘बुझाएको विवरणमाथि नगरपालिकाले कतै गडबड भयो भनेको छैन,’ उनले भने । 

पञ्जीकरण शाखा प्रमुख अभिषेक घिमिरेले भने ‘एक्सल’ मा नभई ‘वर्ड फाइल’ मा जोडेकाले विवरणमा गल्ती भएको जिकिर गरे । ‘हामीले पठाएको वितरण र फिर्ता पठाएको रकम ठीक छ,’ उनले भने । नगरपालिकाअन्तर्गत १० वटा वडामध्ये १ देखि ४ सम्म सिद्धार्थ, ५ देखि ८ सम्म प्रथम किस्ता एनएमबी, ९ र १० सनराइजमार्फत भत्ता वितरण भएको थियो । ५ देखि ८ नम्बरसम्मको दोस्रो र तेस्रो किस्ता पनि सनराइजले वितरण गरेको थियो । 

सरकारले ज्येष्ठ नागरिकलाई प्रत्येक चौमासिक ८ हजार, एक महिला र विधवालाई ४र४ हजार, पूर्णरआशिंक अपांगता भएकालाई क्रमशः ८ हजार र २ हजार ४ सय र दलित बालबालिकालाई एक हजार ६ सय दिने गरेको छ । त्यसमा नगरपालिकाले प्रत्येकलाई ५ सय रुपैयाँ थपिदिएको छ । 

पहिलो किस्ता असोज, दोस्रो माघ र तेस्रो जेठमा वितरण हुन्छ । सरकारी प्रावधानअनुसार प्रथम किस्ता बाँडिसकेपछि दोस्रोका लागि अनिवार्य फर्छ्योट गर्नुपर्छ तर नगरपालिकाले त्यसो नगरी दोस्रो र तेस्रो किस्ताको रकम वितरण गरेको थियो । पञ्जीकरण शाखा प्रमुख घिमिरेले आफू सरुवा भएर आउनुअघि बेरुजु देखिएको बताए । ‘हामीले हिसाब मिलानका लागि महालेखा कार्यालयमा पठाइसकेका छौं,’ उनले भने । यो समाचार आजको कान्तिपुरमा छापिएको छ  ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *