टी–ट्वान्टी क्रिकेटः नेपाललाई १०८ रनको लक्ष्य

माघ १८, काठमाडौँ । युएईले दोस्रो टी–ट्वान्टी क्रिकेटमा नेपाललाई जितका लागि १०८ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको युएईले पुरै १९ ओभर २ बलमा अलआउट हुँदै १०७ रनमा समेटियो । 

युएईका लागि सिपी रिजवानले सर्वाधिक ४४ रन जोडे । ४३ बलको सामना गरेका उनले ४ चौका र १ छक्का प्रहार गरे।शाईमन अनवरले १४ जोडे भने मोहम्मदले ११ रन जोडे । 

नेपालका अविनाश बोहराले ३ विकेट लिए। चार ओभरमा अविनाशले २० रनमात्रै खर्चे। यस्तै सोमपाल कामी, करण केसी र सन्दीप लामिछानेले समान २–२ विकेट लिए। 

null

नेपालले हालसम्म दुई टी–ट्वान्टी अन्तराष्ट्रिय सिरिज खेलिसकेको छ । बंगलादेशमा सम्पन्न सन् २०१४ को टी–ट्वान्टी विश्वकप खेलेको नेपालले त्यहिँ वर्ष हङकङसंग श्रीलंकामा पहिलो पटक ५ खेलको सिरिज खेलेको थियो । 

तर, उक्त सिरिजको चार खेल वर्षाको कारण रद्द भएको थियो । अन्तिम खेलमा भने नेपाल हङकङसंग २ विकेटले पराजित भएको थियो । 

यस्तै नेपालले सन् २०१५ मा नेदरल्याण्डविरुद्ध ४ खेलको टी-ट्वान्टी सिरिज खेलेको थियो । जसमा नेपालले सिरिज ३(१ ले गुमाएको थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *