दुहवीमा प्रथम मेयर कपको तयारी

दुहवी, २० कार्तिक । सुनसरीको दुहवीमा नगर स्तरीय प्रथम मेयर कप फुटबल प्रतियोगिता हुने भएको छ । मंगलवार दुहवी नगरपालिकामा आयोजित पत्रकार सम्मेलनमा दुहवी नगरपालिकाका प्रवक्ता बिजय चौधरीले प्रथम मेयर कपको तयारी भइरहेको जानकारी दिए । 

दुहवी नगरपालिकाको आयोजना तथा एलेभेन एरोज क्लव दुहवीको संयोजनमा कार्तिक २९ गते देखि मंसिर १० गते सम्म हुने मेयर कप फुटबल प्रतियोगितामा बिजेता टिमले नगद ५१ हजार कप तथा मेडल प्रमाणपत्र यसैगरी उपबिजेताले २५ हजार तथा कप, मेडल प्रमाणपत्र पाउँनेछन् । 

खेल स्वास्थ्यकालागि खेलाडी राष्ट्रकालागि भन्ने मूल नाराकासाथ सुरु हुने प्रतियोगितामा उत्कृष्ट विधाका खेलाडीहरुलाई समेत पुरस्कृत गरिने प्रवक्ता बिजय चौधरीले बताए । दुहवी ५ स्थित श्री सरस्वती मा.बि.को खेल मैदानमा दुई हप्ता चल्ने प्रतियोगितामा करिब ४ लाख ५१ हजार रुपैँया खर्च हुने आयोजकले जनाएको छ । 

null

दुहवीमा पहिलो पटक हुन गइरहेको मेयर कप फुटबल प्रतियोगितामा दुहवी नगरपालिकाको १२ वटै वडालाइ सहभागी गराउने बताइएको छ । पत्रकार सम्मेलनमा दुहवी नगरपालिकाका मेयर बेदनारायण गच्छदारले खेलकुद विकासलाई प्राथमिकतामा राखेर स्थानिय खेलाडीलाई अवसर दिनुका साथै स्थानिय ठाउँको पहिचानका लागि प्रतियोगिता गर्न लागेकोले स्थानिय प्रतिभाको पहिचान र नयाँ खेलाडी उत्पादनमा सहयोग पुग्ने लक्ष्य रहेको बताए । 

मेयर गच्छदारले फुटबल खेललाइ व्यवसायीकरण गरेर स्थानिय स्तरबाट राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी उत्पादन गर्ने उदेश्य रहेको बताए । स्थानिय स्तरबाटै खेलाडी उत्पादनमा स्थानिय सरकारले लगानी वृद्धि गर्नुपर्ने दुहवीका खेलप्रेमीहरु बताउँछन । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *