सौराहाका होटल र रेस्टुरेन्ट बन्द, ४ हजार वेड सरकारलाई दिने

चैत्र १०, चितवन । नेपालको तेश्रो पर्यटकीय नगरी सौराहाका होटल, रेस्टुरेन्ट बन्द गरिएको छ । 

क्षेत्रीय होटल संघ सौराहा, क्षेत्रीय रेवान सौराहा र रत्ननगर ६ र ७ वडा कार्यालयबीच सोमबार बसेको बैठकमा आगामी चैत २१ गतेसम्म यहाँका होटल, रेस्टुरेन्ट, अन्य पसलहरु बन्द गर्ने सहमती भएको हो । सहमती अनुसार सोमबार राती १२ बजेदेखि चैत २१ गतेसम्म सौराहा पूर्ण रुपमा ठप्प हुनेछ ।  

हाल केही होटलहरुमा बसरहेका पर्यटकहरुलाई होटल बाहिर ननिस्किन आग्रह गर्ने, सम्बन्धित होटलले निस्कन नदिने वातावरण बनाउने सहमती भएको क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष दिपक भट्टराईले बताए । 

त्यस्तै स्थानीय सरकारको मातहत तथा समन्वयमा आवश्यकीय अवस्थामा यहाँ रहेका होटलका ३ हजार वेड सरकारलाई उपलव्ध गराउने र पूर्वी चितवनका नगरपालिकाहरुलाई मध्यनजर गर्दै एक हजार वेड उपलब्ध गराउने निर्णय भएको होटल संघका अध्यक्ष भट्टराईले जानकारी दिए । 

सार्वजनिक स्थलहरुमा नियमित रुपमा नगरपालिकाले सरसफाई गर्ने, सबै व्यवसायीले आ–आफ्नो व्यवसायिक क्षेत्र र वरपरको क्षेत्रमा साबुनपानी पानी, इथालीन अल्कोहलले सरसफाई गर्ने पनि सहमती भएको छ ।  

सहमती पत्रमा क्षेत्रीय होटल संघका अध्यक्ष भट्टराई,क्षेत्रीय रेवानका अध्यक्ष दिपेन्द्र खतिवडा र रत्ननगर ६ का वडाध्यक्ष वलराम दाहालले हस्ताक्षर गरेका छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *