प्रदेश १ का सामुदायिक विद्यालयहरुको अवस्था मध्यम स्तरको

 

असार २७, विराटनगर । शैक्षिक गुणस्तर परीक्षण केन्द्र सानोठिमी भक्तपुरले प्रदेश १ को सामुदायिक माध्यामिक विद्यालयहरुको अवस्था मध्यम रहेको जनाएको छ । 

शैक्षिक गुणस्तर परीक्षण केन्द्र सानोठिमी विराटनगरमा आयोजना गरेको सरोकारवालाहरुसँग भएको छलफल कार्यक्रममा उक्त जानकारी दिइएको हो ।  

null

शैक्षिक गुणस्तर परीक्षण केन्द्र सानोठिमी भक्तपुरका शाखा अधिकृत प्रकाश खरेलले २४ जिल्लाका सबै १ हजार ९ सय ६७ विद्यालयहरुको गुणस्तर परीक्षण गर्दा कञ्चनपुरको १ विद्यालयको मात्र उच्च स्तरमा रहेको बताए । 

उनका अनुसार प्रदेश नम्बर १ का सामुदायिक विद्यालयहरुको राष्ट्रिय परीक्षण हेर्दा गणित र विज्ञान कमजोर देखिएको छ भने प्रदेश नम्बर २ का विद्यार्थीको गणितको अवस्था राम्रो रहेको छ । 

 

आर्थिक बर्ष २०७४/०७५ मा शैक्षिक गुणस्तर परीक्षण केन्द्रले छनौट भएका परामर्शदाता संस्थाहरु मार्फत २०७३ सालको माध्यमिक शिक्षा परीक्षामा सहभागी भएका २४ जिल्लामा परीक्षण गरेको थियो । 

यस्तै शिक्षा विभागले नमुना विद्यालय विकासका लागि छनौट गरेका ५ जिल्लाका सामुदायिक माध्यमिक विद्यालयहरुको परीक्षण गरेको जनाइएको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *