रियल मड्रिड कोपा डेल रेको सेमिफाइनलमा प्रवेश

एजेन्सी । रियल मड्रिड कोपा डेल रे फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । बिहिबार राति भएको क्वाटरफाइनलको  दोस्रो लेगमा जिरोनालाई ३-१ गोल अन्तरले हराउँदै समग्रमा ७-३ को जितसहित रियल अन्तिम चारमा पुगेको हो । 

घरेलु मैदानमा भएको दोस्रो लेगमा रियललाई जित दिलाउन करीम बेन्जिमाले दुई गोल गरे । यस्तै मार्कुस लोरेन्टले एक गोल थपे । 

जिरोनाका पेड्रो पोर्रोले एक गोल फर्काए । पहिलो लेगमा रियलले जिरोनालाई ४-२ गोल अन्तरले हराएको थियो । 

null

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *