चावहिलमा घर भत्किएर घाइते भएका तीनमध्ये एकको मृत्यु

कार्तिक ६, काठमाडौँ । बुधबार दिउँसो कठमाडौं चाबहिलस्थित  चुच्चेपाटी जाने मूल सडकमै रहेको  घर भत्किएर घाइते भएका तीन जना मध्ये एकको मृत्यु  भएको छ । 

पुरानो घर भत्काउन सुरु गर्दा घरको बरण्डा एक्कासी ढलेपछी घाइते भएका तीन मध्ये दीपक तामाङको उपचारको क्रममा मित्रपार्कको दीर्घायु गुरु अस्पतामा मृत्यु भएको हो । 

बुधबार अपरान्ह १२ बजेर ४० मिनेट जाँदा घटेको उक्त घटनामा तामाङसँगै  मजदुर रामबहादुर कुँवर र नजिकैको खाजा घरमा काम गर्ने जीवन मगर घाइते भएका थिए । उनीहरुको सोही अस्पतालमा उपचार भईरहेको महानगरीय प्रहरी बृत्त गौशालाले जनाएको छ । 

घर भत्काउँदा घरधनी र ठेकेदारले कुनै पनि सुरक्षा नअप्नाएकोले उक्त अप्रिय घटना घटेको स्थानियवासीको आरोप छ ।   

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *