नेयमारमाथि लाग्यो यौन दुर्व्यवहारको आरोप

 

जेठ १९, काठमाडौं । ब्राजिलका फुटबलर नेयमारमाथि यौन दुर्व्यवहारको आरोप लागेको छ । 

स्पेनकी एक महिलाले नेयमारल पेरिसको एक होटलमा आफूलाई यौन दुर्व्यवहार गरेको आरोप लगाएकी हुन् । 

null

साउ पाओलो प्रहरीका अनुसार ती महिलाले यौन दुर्व्यवहारको मुद्दा दर्ता गरेकी छिन् । प्रहरीमा दर्ता भएको अभियोगमा महिलाले आफ्नो नाम गोप्य राखेकी छिन् । 

यस विषयमा नेयमारले भने कुनै प्रतिक्रिया दिएका छैनन् ।  

नेयमार पेरिसकै क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) बाट फुटबल खेल्दै आइरहेका छन् । अहिले नेयमार कोपा अमेरिकाका लागि ब्राजिलियन टोलीबाट प्रशिक्षण गरिरहेका छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *