पौडी खेल्ने क्रममा पोखरीमा डुबेर दुईको मृत्यु
मकालु खबर
२०७६ साउन १ गते
श्रावण १, भोजपुर । मंगलबार भोजपुरमा पौडी खेल्ने क्रममा डुबेर दुई जनाको मृत्यु भएको छ ।
भोजपुरको आमचोक गाउँपालिका–२ यूँमा पोखरीमा आमचोक–१ वासिङ्गथर्पूका २५ वर्षीय निमा शेर्पा र सोही ठाउँका २० वर्षीय गेल्बु शेर्पाको पोखरीमा डुबेर मृत्यु भएको हो ।
null
मंगलबार दिउँसो घरबाट घुम्न भनि निस्केका ती युवा पानी जम्मा गरि राखेको पोखरीमा साँझ मृत भेटिएपछी स्थानियबासीले खबर गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।
प्रहरीका अनुसार उनीहरुको शवलाई पोष्टमार्टमको लागि जिल्ला अस्पताल भोजपुर ल्याइँदै छ ।
मकालु खबर
२०७६ साउन १ गते
प्रतिक्रिया
सम्बन्धित